नेप्लिस सेफ एशोसिएसन युकेमा पर्वतका आचार्य


लण्डन, चैत २६–नेप्लिज सेफ एशोसिएसन युकेमा दधि आचार्य निर्वाचित भएका छन् । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङ घर भएका आचार्यको नेतृत्वमा एशोसिएसनको नयाँ समिति चयन भएको हो । सोमबार लण्डनको इष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा सम्पन्न संस्थाको दोस्रो अधिवेशनले अघिल्लो कार्यसमितिका उपाध्यक्ष आचार्यलाई अध्यक्षमा निर्वाचित गरेको नेपालीपत्रडटकमले लेखेको छ ।
पर्वत वेलफेयर सोसाइटी युकेका पूर्वअध्यक्ष रहेका आचार्य विगत दुई दशकदेखि बेलायतमा रेष्टुरेन्ट ब्यवसाय सञ्चालन गर्दै आएका छन् । समितिको उपाध्यक्षमा रामप्रसाद न्यौपाने र मोहनलाल ओली, महासचिवमा भुपेन्द्र पाठक, सचिवमा बिनोद बराल, कोषाध्यक्षमा रामचन्द्र सुवेदी र सहकोषाध्यक्षमा धर्मागत चापागाई चयन भएका छन् ।
सदस्यहरुमा ठाकुरप्रसाद तिमल्सेना, केबी गुरुङ, रामप्रसाद सापकोटा, राजु बोहोरा, शिव कँडेल, बिक्की सापकोटा, दुर्गा गुरुङ, टिकाराम निउरे, मनिष खड्का, टिकाराम कडेल, देविलाल निउरे, प्रकाश गुरुङ, लालचन्द्र सापकोटा, राजु खत्री, भोजराज भण्डारी र पारस सापकोटा निर्वाचित भएका छन् । समितिको कार्यकाल तीन बर्षको रहेको छ ।

निर्वाचन समितिका संयोजक रामशरण सिम्खडाले एशोसिएसनको सर्वसम्मत नयाँ कार्यसमितिको नामावली घोषणा सपथग्रहण गराएका थिए । कार्यक्रमका बेलायतका लागि नेपाली राजदुत डा.दुर्गाबहादुर सुवेदी, एशोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण तिमल्सेना, एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य र सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएन युके पूर्वअध्यक्ष सुर्य गुरुङ, निर्वाचन समिति सदस्य पत्रकार फडिन्द्र भट्टराई लगायतले प्रमाणपत्र बितरण गरेका थिए ।
नयाँ कार्यसमितिमा लण्डनबाहेक इग्ल्याण्डका केन्ट, हाम्पशायर मिडल्याण्डदेखि नर्दन आयरल्याण्डसम्ममा कार्यरत सेफहरुको पनि प्रतिनिधित्व छ । स्कटल्याण्ड र वेल्सलाई पनि समेट्नेगरी अघि बढ्ने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष आचार्यले ब्यक्ति गरेका छन् । नयाँ कार्यसमितिको घोषणासभामा राजदुत डा.दुर्गाबहादुर सुवेदीले खानामार्फत नेपाललाई संसारभर चिनाउने कार्य गरिरहेका सबै सेफहरु देशका सच्चा राजदुत रहेको धारणा ब्यक्त गरे ।
उनले एशोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई दुतावासको तर्फबाट साथ र सहयोग रहने विश्वास दिलाउँदै संस्थामा लण्डनबाहिरका बिभिन्न क्षेत्रमा कार्यरत रहेका र महिला सेफहरुको समेत सहभागिता गराउन सुझाब दिएका थिए । एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीहरुको पहिलो पुस्तालाई बिदेशमा स्थापित गराउन रेष्टुरेन्ट तथा क्याटरिङ क्षेत्रले महत्वपूर्ण भुमिका खेलेको बताए । एशोसिएसनका संस्थापक तथा निवर्तमान कार्यसमितिका अध्यक्ष कृष्ण तिमल्सेनाले आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न गतिविधिहरुबारे जानकारी गराउँदै पुरा हुन नसकेका कार्यहरुलाई आउदो नेतृत्वले अघि बढाउने आशा ब्यक्त गरे ।

एनअरएन आइसिसी सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएन युके अध्यक्ष योगकुमार फगामी र पूर्वअध्यक्ष सुर्य गुरुङ, निर्वाचन समिति संयोजक एवम् एनआरएन आइसिसी सदस्य रामशरण सिम्खडासहितका अतिथिले बेलायतमा नेपाली खानालाई चिनाउने र प्रबद्र्धन गर्ने कार्यमा एशोसिएसनको नयाँ नेतृत्वले पहल गर्ने विश्वास ब्यक्त गरे ।
त्यसअवसरमा ब्यवसायी कमल भण्डारी, दयानिधि सापकोटा, रणबहादुर केसी, बरिष्ठ पत्रकार खगेन्द्र नेपाली, नेप्लिज क्याटरिङ एशोसिएसन युके अध्यक्ष बिजय थापा, बरिष्ठ सेफ तथा समाजसेवी धु्रब केसी, प्रवासी नेपाली मञ्च युके अध्यक्ष राजेन्द्र पुडासैनी, शान्ति नेपाली समाज बर्मिङहमका अध्यक्ष लिलाबहादुर् थापा, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष श्याम लुइटेललगायतले पनि नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।

यसअघि निवर्तमान कार्यसमितिका अध्यक्ष कृष्ण तिमल्सेनाको अध्यक्षतामा सम्पन्न संस्थाको दोस्रो अधिवेसनमा लण्डनसहित आसपास र मिडल्याण्ड तथा नर्दन आयरल्याण्डबाट समेत नेपाली सेफहरु सहभागी बनेका थिए । त्यसअवसरमा बेलायतमा लामो समयदेखि कार्यरत रहदै आएका नेपाली सेफहरु बद्री जैसी, राम  डंगोल, हेम सापकोटा र हरि सापकोटालाई एशोसिएसनको तर्फबाट सम्मान गरिएको थियो ।
बेलायतमा कार्यरत नेपाली सेफहरुलाई एकताबद्ध गर्दै उनीहरुको प्रोफेसनल र ब्यावसायिक विकासमा समेत सहयोग गर्ने उद्देश्यले समाजसेवी ब्यवसायी कृष्ण तिमल्सेनाको अध्यक्षतामा सन् २०१२ मा एशोसिएसन स्थापना भएको थियो । एसोसिएसनमा अहिले लण्डनबाहेक आसपास र लिभरपुल, मिडल्याण्ड, स्कटल्याण्ड, वेल्स लगायतबाट समेत गरी करिब सात सय नेपाली सेफहरु आबद्ध छन् । यकिन तथ्यांक नरहेपनि बेलायतमा चार हजारको हाराहारीमा नेपाली सेफहरु कार्यरत रहेको अनुमान गरिन्छ । (तस्बिरसहिति नेपालीपत्रडटकमबाट)

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000