खुला बन्यो गोप्य विधेयक

काठमाडौं, भदौ ३१- सार्वजनिक पदमा रहेको व्यक्तिले मात्र नभइ समाजमा चर्चित व्यक्तिको विवरणसमेत गोप्य नहुने गरी कानुन बन्ने भएको समाचार आजको कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ ।

सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिको विवरण गोप्य राख्ने प्रावधानसहित ल्याएको विधेयकलाई संसदको राज्य व्यवस्था समितिले परिमार्जन गरी सार्वजनिक पदमा रहेका, सार्वजनिक रुपमा चिनिएका, सार्वजनिक चासो वा सरोकारमा पर्ने व्यक्तिहरुको विवरणसमेत गोप्य नहुने व्यवस्था राखेको हो ।

विधेयकमा सम्पत्तिसम्बन्धी विवरण, शैक्षिक योग्यता, राहदानी, सवारीचालक अनुमतिपत्रलगायत पहिचान खुल्ने विवरण सार्वजनिक गर्न यो विधेयकले रोकतोक नगर्ने प्रावधान छ । कुनै अपराधको अनुसन्धान वा अभियोजन गर्ने सम्बन्धमा कुनै व्यक्तिगत सूचना वा विवरण प्राप्त गर्न पनि विधेयकले खुला गरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000