मिलनचोकमा सार्वजनिक सुनुवाई, सडक खन्दा बिनास भएको गुनासो

पर्वत, जेठ ११–जलजला गाउँपालिकाको मिलनचोकमा सार्वजनिक सुनुवाई तथा सार्वजनिक परिक्षण शुक्रबार सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७४÷०७५ को योजना तथा कार्यक्रमको प्रगति जनचासोलाई दृष्टिगत गरी जलजला गाउँपालिका वडा नम्बर ७ स्थित मिलनचोकमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । जलजला गाउँपालिकाले चालु आर्थिक बर्षको प्रगतिको अवस्था र आगामी आर्थिक बर्ष हुने योजना र कार्यक्रमलाई सहयोग पुग्नेगरी सार्वजनिक सुनुवाई आयोजना गरेको हो ।
‘गाउँपालिकाबाट प्रवाह भएका सेवाहरु के भइरहेको छ ?, जनताको मत के छ ?, आगामी दिनमा सुधार गर्न सकिने बिषयबस्तु र चालु आर्थिक बर्षमा गाउँपालिकाको योजना तथा कार्यक्रमको अवस्था बुझ्न सार्वजनिक सुनुवाई र सार्वजनिक परिक्षण गरेका हौ’ प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले भने ।
जलजला गाउँपालिकाका सामाजिक विकास अधिकृत लिलाधर सुवेदीले विकास गर्दा बिनास हुने अवस्था ल्याउन नहुनेमा जोड दिए । उनले सडक निर्माणका क्रममा अन्य विकास निर्माणजस्तै खानेपानी र सिंचाईका लाखौका योजना नासिने र घरहरु भत्कने अवस्थाप्रति जिम्मेबार हुनुपर्ने बताए । ‘विकासलाई अवरोध गर्नुहुँदैन तर विकास गर्दा झन ठुलो विनास हुने वातावरण पनि बन्नुहुँदैन’ उनले भने । उनले उपभोक्ता समितिमार्फत गर्ने विकास विश्वमै उत्कृष्ट रहेको भन्दै उपभोक्ता समितिले लोभ नगरी काम गर्ने हो भने धेरै काम गर्न सकिने बताए ।
सामाजिक परिक्षण विज्ञ एवम् धौलागिरी बहुमुखी क्याम्पसका उपप्रध्यापक हिरालाल रेग्मीले राज्यका निकाय पारदर्शी, जवाफदेही र जनताप्रति बफादार हुनुपर्ने बताए । सार्वजनिक सुनुवाईले जनतालाई विकासप्रति चासो जगाउने र उपभोक्ता समिति तथा ठेकेदारलाई कामप्रति जिम्मेबारबोध गराउनेमा जोड दिए ।
कार्यक्रममा सहभागी उपभोक्ताले सडक खन्दा केही घरहरु जोखिममा रहेको, खानेपानीका पाइपहरु ठाउँठाउँमा काटिएको, सिंचाई कुलो भत्किएको, पुरिएको लगायत गुनासा राखेका थिए । उनीहरुले टुक्रे योजना छाडेर स्पष्ट देखिने गरी काम गर्न पनि सुझाब दिएका थिए । चालु आर्थिक बर्षमा टुक्रे योजना भएपनि आगामी आर्थिक बर्षमा ठुला र जनताले प्रत्यक्ष लाभ लिनसक्ने योजनामा बजेट बिनियोजन गर्न माग गरेका थिए ।
जलजला वडा नम्बर ४ का रणबहादुर केसीले सडक निर्माण राम्रो भएपनि वरपरका घरहरु असुरक्षित बनेको बताए । उनले मोहनचोक–पचैया सडकले पाँच वटा घर निकै जोखिममा परेको जानकारी दिए । ‘माथि खेत रोप्ने तल सडक खन्दा घर खतरामा परेको छ’ उनले भने–‘बाटो खन्दा खानेपानी र सिंचाई तहसनहस भएको छ ।’
जलजला ४ कै उषा क्षेत्रीले पनि घरबार नै छाडेर हिड्नुपर्ने अवस्थाले विकासको अनुभुति नै नभएको गुनासो गरिन् । कार्यक्रममा गाउँपालिकाका इन्जिनियर हरि गौतमले सडक खन्दा घर जोगाउनेगरी स्टीमेट बनेको बताए । निर्माण उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर मल्लले स्टीमेटमा भएअनुसार जोखिममा परेका घरको सुरक्षाका लागि जाली लगाइने बताए ।
कार्यक्रममा विभिन्न योजनाका उपभोक्ता समितिका पदाधिकारीले आ–आफ्नो योजनाको बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000