अबैध ढुंगा ओसार्ने ट्रक र नदी उत्खनन् गर्ने एक्साभेटर नियन्त्रणमा

छविलाल तिवारी

पर्वत, जेठ ८– जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध गतिविधि गर्नेप्रति निगरानी बढाएको छ। कार्यालयले मध्यरातको समयमा अबैध रुपमा पोखरातर्फ ढुंगा ओसार्ने दुई ट्रकलाई नियन्त्रणमा लिएको छ। आइतबार राती १२ बजेको समयमा प्रहरीले अबैध रुपमा कटिङ गरी म्याग्दीबाट पोखरातर्फ लैजादै गरेका दुई वटा ना७ख १८१७ र लु२ख ९५३ नम्वरका ट्रक नियन्त्रणमा लिएको हो।

ती दुबै ट्रकलाई प्रहरीले आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिमा बुझाएको छ। समन्वय समितिले ३० हजार रुपैयाँ जरिवाना लिएर छाडेको जनाएको छ। अबैध रुपमा कटिङ गरिएका ढुंगा यसअघि पनि पर्वत प्रहरीले नियन्त्रणमा लिदै आएको छ। बिना दर्ता र अनुमतिबिना पर्वत र म्याग्दीबाट ढुंगाहरु कटिङ गरेर पोखरातर्फ विगतदेखि नै लुकीछिपी निकासी हुँदै आएको छ।

यसैगरी प्रहरीले सोमबार कालीगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गरिहेको अवस्थामा एक एक्साभेटर र दुई वटा ट्रिपर नियन्त्रणमा लिएको छ। बा१क५२९९ नम्बरको एक्साभेटर, ग१ख ५८४० र ग१ख ८१०७ नम्वरका दुई वटा ट्रिपरलाई जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

एक्साभेटरसहितका ट्रिपर प्रहरीले सोमबारै जिल्ला समन्वय समिति पर्वतमा बुझाएको छ। ती सवारीसाधनलाई ५५ हजार रुपैयाँ जरिवाना भई छाडिएको जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले जानकारी दिए। नागरिकन्युजडटकमबाट

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000