अर्गानिक खानासहित महाशिलाका २१ घरमा होमस्टे सञ्चालन


पर्वत, जेठ ७–स्थानीयस्तरमै उत्पादित अर्गानिक खानेकुराको स्वादले होमस्टेप्रति थप आकर्षण गराउँछ नै । होमस्टे सञ्चालनमा रहेका कतिपय ठाउँमा स्थानीय स्तरमै उत्पादित खानेकुरा पाइँदैन । तर, यहाँको एक गाउँपालिकामा स्थानीय स्तरमै उत्पादित अर्गानिक खाना खुवाउने गरी होमस्टे सञ्चालनमा आएको छ ।
महाशिला गाउँपालिका वडा नम्बर ५ दुक्तान र वडा नम्बर ४ लामतुङमा २७ प्रकारका अर्गानिक खानेकुरा खुवाउनेगरी होमस्टे सञ्चालनमा आएको हो । दुक्तानमा आठ र लामतुङमा १३ परिवारले होमस्टे सञ्चालनमा ल्याएका हुन । महाशिलामा आकर्षक पर्यटकीय तथा धार्मिक स्थल रहेको र त्यहाँ आकर्षित गरी होमस्टेमा बस्ने ब्यवस्थापन मिलाउन होमस्टेलाई प्रबद्र्धन गरिएको महाशिला गाउँपालिकाका प्रवक्ता एवम. वडा नम्बर ५ का वडा अध्यक्ष जिवन विक्रम उच्चैले जानकारी दिए ।
गाउँपालिकाले दुक्तान र लामतुङका ५० परिवारलाई होमस्टे सञ्चालनका लागि तालिम प्रदान गरेको छ । प्रवक्ता उच्चैले घरमै उत्पादन भएको कोदो, मकै, चामलबाट निर्माण गरिएका विभिन्न खानेकुरा र घरमै उत्पादन भएको अर्गानिक तरकारीको स्वाद होमस्टेमा लिन पाइने बताए । ‘महाशिलाका दुई वटै होमस्टेमा अहिले २७ प्रकारका अर्गानिक खानेकुरा खान पाइन्छ’ उनले भने । होमस्टे सञ्चालकलाई पाहुनालाई गर्ने सेवा सत्कारदेखि खाने खाना बनाउने सबै सीप तालिममार्फत प्रदान गरिएको छ ।
महाशिला वडा नम्बर ५ दुक्तानमा होमस्टे सञ्चालनमा ल्याएका भिमप्रसाद गुरुङले होमस्टेमा आउने पाहुनाको अर्डर अनुसार २७ प्रकारका अर्गानिक खानेकुरा खुवाउन सकिने जानकारी दिए । ‘होमस्टेमा प्रदान गर्ने सेवा, सत्कारदेखि खुवाउने खानाका विभिन्न प्रकार बनाउने तरिका हामीले सिकेका छौ’ उनले भने–‘पाहुनाको अर्डरअनुसार होमस्टेमा पुनः फर्कनेगरी सेवा प्रदान गर्छौ ।’
महाशिलामा हालै सञ्चालनमा आएका २१ वटा घरमध्ये एउटा घरमा पाँच जना पाहुना राख्नसक्ने क्षमता रहेको छ । ‘२१ परिवारमा एक सय पाँच जना पाहुना अट्ने क्षमता रहेको छ’ गाउँपालिका प्रवक्ता उच्चैले भने । महाशिलामा जिल्लामा गनिएका मुख्य पर्यटकीय तथा धार्मिस्थल रहेका छन् । लुंखुको महाशिला, पैंयूकोट, चिसापानी लेक, फलामखानीको अवलोकन, गंगाधर गुफा, बसाह मन्दिर मुख्य धार्मिक तथा पर्यटकीयस्थल हुन ।
महाशिलामा रहेका धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन तथा भ्रमणका लागि तिन दिनको प्याकेज बनाइएको र त्यहाँ आउने पर्यटकलाई सस्तो मुल्य र मिठो स्वादमा अर्गानिक खाना खुवाउने गरी बासको ब्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । ‘तीन दिनमा महाशिलामा रहेका सबै पर्यटकीय तथा धार्मिकस्थलको अवलोकन गर्न सकिन्छ’ उच्चैले भने–‘महाशिलामा आउने पाहुनालाई त्यहाँ सस्तो र छुट्टै स्वादका साथ अर्गानिक खाना खुवाउने गरी बस्ने ब्यवस्थापन गरेका छौ ।’
महाशिलाको चिसापानीबाट एक दर्जन जिल्ला र आकर्षक हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । दशकौअघि महाशिलामा फलामखानी सञ्चालनका क्रममा बनेका सुरुङहरुको समेत अवलोकन गराउने ब्यवस्था गाउँपालिकाले मिलाएको छ । होमस्टे सञ्चालनमा आएपछि कुनैपनि गाउँमा आउने पर्यटकलाई बस्नको असुविधा नहुने गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।
‘महाशिलामा थुप्रै धार्मिक तथा पर्यटकीयस्थल रहेका छन्, विगतमा बस्ने असुविधाले पनि अवलोकनका लागि आउने वातावरण बनेन होला अव अवलोकनका लागि आउने पर्यटकलाई होमस्टेमा आकर्षक बसाई बनेको छ’ अध्यक्ष पौडेलले भने । होमस्टेमा गुरुङ र मगर संस्कृतिको अवलोकन तथा जानकारी गराउनुका साथै चालचलन, रितिरिवाज, सालैजो, सोरठी लगायतका प्रस्तुती देखाइने भएको छ ।
‘महाशिलाका धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेपछि साँझ होमस्टेमा पाहुनालाई गुरुङ तथा मगर संस्कृतिको अवलोकन तथा जानकारी गराउने र उनीहरुको चालचलन, सांस्कृतिक प्रस्तुती सालैजो, सोरठी लगायत देखाएर पाहुनालाई मनोरञ्जन दिने ब्यवस्था समेत गरिएको छ’ उच्चैले भने ।
गाउँपालिका अध्यक्ष पौडेलले होमस्टेलाई एक घर एक रोजगार कार्यक्रम अन्र्तगत नै राखिएको बताए । गाउँपालिकाले अहिले तीन सय ७० जनालाई गाउँपालिकामा रोजगारी दिने गरी तालिम दिन सुरु गरेको छ । १८ बिधाअन्र्तगत होमस्टेलाई पनि समावेश गरिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000