गाउँपालिकाले जथाभावी बजेट नबाड्ने

पर्वत, जेठ ६–जलजला गाउँपालिकाले जथाभावी छरपस्ट रुपमा बजेट बितरण नगर्ने भएको छ । आगामी आर्थिक बर्षमा गाउँपालिकाले देखिनेगरी योजना छनौट गर्ने भएको हो । वडामा बजेट बिनियोजन गरेर स–साना योजनाले गाउँपालिकाको विकास नदेखिएको भन्दै आगामी आर्थिक बर्षको बजेटले गाउँपालिकाको विकासको मार्ग खोल्ने अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बताए ।
‘अहिले वडाले मागगरेअनुसार सबै वडालाई समान रुपमा एकमुष्ठ बजेट दियौ, त्यसले स–साना योजना बढि भए, गाउँपालिकामा काम नभएको देखियो तर आगामी आर्थिक बर्ष सुधार गर्ने योजना बनाएका छौ’ उनले भने । उनले अहिलेदेखि नै वडास्तरमा प्राथमिकता र महत्वपूर्ण योजना मात्रै माग गरेको जानकारी दिए ।
‘यो पटक जथाभावी योजना बनाएर बजेट दिने काम हुँदैन, स्पष्ट रुपमा देखिने र सबैले अनुभव गर्ने गरी योजना निर्माण गरेर बजेट बिनियोजन गछौ’ अध्यक्ष मल्लले भने । उनले अत्यावश्यक बाहेक साना योजनामा गाउँपालिकाले प्राथमिकता नदिने बताए ।
उत्पादनमुलक योजना र यो काम भयो भन्ने योजनामा बजेटले प्राथमिकता पाउने उनले जानकारी दिए । गाउँपालिकाको विकास र समृद्धिका लागि पालिकाका बासिन्दाले अनुभुति गर्ने गरी काम गर्ने उनले दाबी गरे । उनले सबै वडालाई काम देखिनेगरी योजना बनाएर पेश गर्न निर्देशन दिइएको पनि बताए ।
आगामी आर्थिक बर्षको बजेटमा गाउँपालिकाले शालिजा र लेखफाँटमा चियाखेतीका लागि सम्भाब्यता अध्ययन गर्ने भएको छ । ‘शालिजा र लेखफाँटको विभिन्न वडामा चियाखेती राम्रो हुने विश्वास गरेका छौ, त्यसैले त्यसका लागि आगामी आर्थिक बर्ष बजेट बिनियोजन गछौ’ मल्लले भने ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000