समयमै काम नसक्ने ठेकेदार जेलमा

काठमाडौँ, जेठ ५– नारायणगढ मुग्लिन सडकको स्तरोन्नती र सुधारको समय पाँचौ पटक थप्ने तयारी गरिएको छ । २४ महिनाभित्र सक्कने गरी सन् २०१५ अप्रिलबाट सुरु भएको सडक स्तरोन्नतीका लागि अहिलेसम्म चार पटक म्याद थप भइसकेका छन् । आजको कान्तिपुरको पृष्ठ २ मा समाचार छापिएको छ ।

काम नगर्ने ठेकेदार जेलमा 

गृहमन्त्री रामबहादुर थापाले समयमै काम नसक्ने ठेकेदारको सूची बनाएर पहिला सच्चिने मौका दिन र त्यस अवधिमा पनि नसच्चिए जेल हाल्न निर्देशन दिएका छन् । विभिन्न मन्त्रालयका सचिव, पहरी प्रमुख, काठमाडौं तथा ललितपुरका मेयर, तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बोलाएर बुधबार गृहमन्त्रीले निर्देशन दिएका हुन् ।

निर्देशनपछि गृह मन्त्रालयले भवन, सडक र पुल निर्माणको ठेक्का पाएर लापरबाही गर्ने ठेकेदार र कम्पनीको विवरण एक साताभित्र पठाउन बिहीबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000