मधेशवादी दलद्वारा सरकारलाई दिएकाे समर्थन फिर्ता लिने चेतावनी!

काठमाडौं, वैशाख १७ –राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले आफूहरुको मागप्रति सरकार गम्भीर नभएको आरोप लागाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्। यी दुई मधेशवादी दलले संविधान संशोधन, मधेश आन्दोलनका क्रममा लगाइएका झूठा मुद्दा फिर्ता, पीडित परिवारलाई क्षतिपूर्तिलगायतका माग सरकारले पूरा नगरे समर्थन फिर्ता लिने चेतावनी दिएका हुन्। यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।

राजपा नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्णले आफूहरुको माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए। ‘एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले प्रदेश २ मा मधेशवादी गठबन्धनको सरकारलाई समर्थन दिनुका सार्थ संविधान संशोधन, मधेश आन्दोलनका झूठा मुद्दा फिर्ता, पीडित परिवारलाई क्षतिपूर्तिलगायतका माग सम्बोधन गर्न आश्वासन दिएको थियो, सोही कारणले मधेशवादी दलले समेत वाम गठबन्धनको समर्थन गरेको हो,’ सहअध्यक्ष कर्णले भने, तर माग पूरा गर्न सरकार गम्भिर भएन भने हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन बाध्य हुनेछौं।’

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

रेल रोकिएको रोकियै

अर्काको भलो गर्दा यसरी फसाउन खोजियो मल्ललाई

एमालेमा एकताको ढोका बन्द, विद्रोहको तयारी

इटहरीका मेयर चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुने

एमसीसीमा सभामुख नै अनिच्छुक, संसद्मा अघि नबढाउने संकेत




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000