टिप्पणी : कसरी रहलान् एकै जंगलमा दुई शेर ?

काठमाडौं, चैत २९ –एमाले अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल मिलेर एउटै पार्टी बनाउने करिव टुंगो भएपछि स्वभाविक  रुपले भन्न थालिएको छ, दुई शेर मिलेको कम्युनिष्ट पार्टी । एउटा जंगलमा दुई शेर सिंह भए भने राज कसले चलाउने भन्ने विषयमा ठुलो लडाईँ हुन्छ ।

केही समय ठुलो सिकार गर्नुपर्यो भने एकआपसमा मिले पनि अन्ततः भागबन्डा मिलने भने ठुलो लडाईँ हुन्छ ।
यही प्रश्न उठेको छ, ओली दाहालबीच एकतापछि भागबन्डा मिलेन भने के होला ?

एउटै म्यानमा दुई तरबार रहलान् त ? एउटै जंगलमा दुई शेर रहलान त ? भन्ने उखान पनि छ ।

यी सबै उखान र वितगका अनुभव छन् । हामीले असम्भव देखिने कुरालाई सम्भव बनाउनुपर्छ र मानव जातिलाई योगदान दिन सकिन्छ भन्ने बुझाएमा स्पष्ट छौँ, दाहालले हालै अन्तर्वार्तामा भनेका छन् । के उनले भनेजस्तो एक म्यानमा दुई तरवार अट्लान् वा एक जंलमा दुई शेर कसरी मिलेर बस्लान् ?

ओली र दाहालबीच पाँच बर्ष सरकार चलाउनेबारे प्याक्ट भएको छ ।

अनौपचारिक सहमित अनुसार ओलीले तीन दाहालले दुई बर्ष सरकार चलाउने कुरा भएको छ ।

पार्टी र सरकार आलोपालो प्रमुख हुने अनौपचारिक सहमति पनि सर्वाजनिक भएको छ ।

यद्यपी प्रचण्डले सबै कुरा पार्टी एकतापछि हुने महाधिवेशनले तय गर्ने घुमाउरो जवाफ दिएका छन् ।, आजको कान्तिपुरमा गंगा बीसीले लेखेको टिप्पणीको केहि अंश ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

रेल रोकिएको रोकियै

अर्काको भलो गर्दा यसरी फसाउन खोजियो मल्ललाई

एमालेमा एकताको ढोका बन्द, विद्रोहको तयारी

इटहरीका मेयर चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुने

एमसीसीमा सभामुख नै अनिच्छुक, संसद्मा अघि नबढाउने संकेत




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000