अस्ट्रियामा गठबन्धन सरकार बनाउने तयारी: ३१ वर्षीय विश्वकै कान्छा प्रधानमन्त्री

अस्ट्रिया, पुस २–अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टी र चरम दक्षिणपन्थी फ्रिडम पार्टीबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ । संसदीय निर्वाचन सम्पन्न भएको करिब दुई महिनापछि ती पार्टीबीच सरकार गठनको सहमति भएको हो ।

गठबन्धनले नयाँ सरकार गठनका लागि राष्ट्रपति भान देर बेलेनलाई अवगत गराएका छन् । चुनावमा पिपुल्स पार्टीले जिते पनि सरकार गठन गर्न आवश्यक बहुमत नपुगेपछि गठबन्धन गरिएको हो । कुर्ज अस्ट्रियाको गभर्नर बन्ने र स्ट्यार्च भाइस चान्सलर बन्ने लगभग पक्कापक्की भएको छ । राष्ट्रपतिले सरकार गठनका लागि नयाँ गठबन्धनलाई अनुमति दिएपछि पिपुल्स पार्टीका नेता ३१ वर्षीय जेबास्टियन कुर्ज विश्वकै सबभन्दा कान्छा प्रधानमन्त्री हुनेछन् । पश्चिम युरोपमा चरम दक्षिणपन्थी पार्टी सरकारमा सहभागी गराउने अस्ट्रिया एक्लो मुलुक बन्नेछ ।

पिपुल्स पार्टीका जेबास्टियन कुर्ज र फ्रिडम पार्टीका हाइन्ज क्रिस्टियन स्ट्यार्चबीच नयाँ सरकारका लागि सहमति बनेको भए पनि सरकारका कार्यक्रमबारे विस्तृत विवरण दिइएको छैन । दुई महिनाअघिको चुनावमा कुर्जले युरोपको आप्रवासी संकटलाई मुख्य मुद्दा बनाएका थिए । कुर्जले कन्जरभेटिभ र दक्षिणपन्थी मतदातासँग आप्रवासीको युरोप प्रवेश गर्ने मार्ग बन्द गर्ने, शरणार्थीलाई दिँदै आएका सहुलियत नियन्त्रण गर्ने र अस्ट्रियामा बसेको पाँच वर्ष पूरा नभएसम्म राज्यका विभिन्न सुविधा नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कुर्जले आफूहरूको नीति चोरेको फ्रिडम पार्टीले आरोप लगाएको छ । फ्रिडमले उनलाई ढोँगी नेताका रूपमा चित्रण गरेको थियो । एजेन्सी

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000