वाम, कांग्रेस र मधेसी दलको गठबन्धनबाट १२ मुस्लिमले चुनाव जिते

काठमाडौं, पुस २ –वाम गठबन्धन, कांग्रेस र मधेसी दलको गठबन्धनबाट उम्मेदवार भएकामध्ये प्रतिनिधिसभा र प्रदेशसभामा गरी १२ मुस्लिमले चुनाव जितेका छन् । प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ९ जनाले जितेका हुन् । २ नम्बर प्रदेशमा दुई र ५ नम्बर प्रदेशमा एक मुस्लिमले प्रतिनिधिसभा चुनाव जितेका छन् । प्रदेशसभाका निर्वाचित ९ मध्ये सबभन्दा बढी दुई नम्बर प्रदेशका छन् । १ नम्बर प्रदेशबाट १, २ नम्बरबाट ६ र ५ नम्बर प्रदेशबाट २ जना निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा वाम गठबन्धनबाट उम्मेदवार बनेका ५ मध्ये कसैले पनि जित्न सकेनन् । प्रतिनिधिसभाको १ सय ६५ सिटमध्ये सबै पार्टीबाट गरी १३ मुस्लिम उम्मेदवार थिए । मधेसी गठबन्धनबाट उम्मेदवार भएका संघीय फोरमका मोहम्मद इस्तियाक राईले बाँके २ मा ५ हजार ६ सय २४ मतान्तरले चुनाव जिते । २०६४ को पहिलो संविधानसभा पनि जितेका पूर्वमन्त्री राईले सूर्य चिह्न लिएर चुनाव लडेका स्वतन्त्र समूहका पशुपतिदयाल मिश्रलाई पराजित गरेका हुन् ।

रौतहट २ मा वाम गठबन्धनबाट उम्मेदवार भएका एमालेका मुस्ताक आलम कांग्रेस उम्मेदवार एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमबाट पराजित भए । आफताबले १८ हजार ८ सय ३३ मत ल्याउँदा पूर्वराज्यमन्त्री समेत रहेका वाम गठबन्धनका उम्मेदवार मुस्ताकले ९ हजार ७ सय ९७ मत प्राप्त गरे । दोस्रो संविधानसभा ०७० को चुनावमा भने मुस्ताकले कांग्रेसका आफताबलाई हराएका थिए । त्यतिबेला उनी फोरम लोकतान्त्रिकबाट विजयी भएका थिए ।

बारा ४ मा राजपाबाट चुनाव लडेका एकबाल मियाँले वाम गठबन्धनका उम्मेदवार एमालेका देवनारायण थारूलाई १ हजार ६ सय ६७ मतले पछि पार्दै चुनाव जिते । वनको जागिर छाडेर उम्मेदवार बनेका मियाँले २२ हजार २ सय ७५ र थारूले २० हजार ६ सय ८ मत ल्याएका थिए,  यो खबर आजकोकान्तिपुरमा छ  ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000