अर्जुन जोशीले जित्नैपर्ने यस्ता छन कारण

पर्वत, मंसिर १४–कसले खान पाएको छैन उसलाई खान दिने, कसले लगाउन पाएको छैन उसलाई लगाउन दिने, को बिरामी भएको छ तर उसँग पैसा छैन, उसलाई सहयोग गरेर उपचार गराउने सबैको प्यारो नाम हो अमृतप्रसाद जोशी । घरमा के समस्या भएर माग्न आएको छ उसलाई रित्तो हात पठाउदैनन थिए उनले । ऋण लगेका, सापटी लगेका दलित, गरिब, बिपन्नहरुको धेरैजसो तम्सुक उनले तिमिले तिर्न पर्दैन भनेर च्यातिदिन्थे उनले ।
पर्वतको बासखर्कदेखि टकलाकसम्मका गाउँमा उनी पैदलै ओहोरदोहोर गर्ने र सधै गाउँको समस्यालाई समाधान गर्नमा उनको रुची रहन्थ्यो । अमृत जोशीले दलित, बिपन्न र गरिबका लागि आफुले जमिन समेत बितरण गर्न भ्याए । अहिले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति पर्वतको कार्यालय रहेको जमिनसमेत अमृत जोशीले नै निशुल्क प्रदान गरेका थिए । आफ्ना सबै ब्यक्तिगत स्वार्थलाई त्यागेर अरुका समस्या आफ्ना समस्या हुन भनेर लाग्ने पर्वतको प्रमुख ब्यक्तिको नाम नै अमृत जोशी हो ।

अन्यायमा परेकालाई न्याय दिलाउने र दुःख परेकालाई सहयोग गर्ने ब्यक्तिका रुपमा नै अमृतप्रसाद जोशीलाई धेरैले चिन्ने गर्छन । बाबुको सामाजिक भावनाबाट प्रेरित थिए उनका छोरा अर्जुनप्रसाद जोशी । सानैदेखि बाबुको कामबाट प्रभावित भएर पर्वत जिल्लामा सक्रिय भएर बाबुकै काम पछ्याउने लक्ष्य बोकेका अर्जुनप्रसाद जोशी राजधानीमा स्थायी प्रध्यापन पेशालाई तिलाञ्जली दिएर राजनीतिमा होमिएका हुन । नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य रहेका अर्जुनप्रसाद जोशी २०४८ सालमा नेपाली काँग्रेस पर्वतको पार्टी सभापति भए ।
२०४८ सालमा अहिलेको एमालेले उपद्रो मच्चाएर र गाउँमा प्रचारमा जान समेत अबरोध पु¥याउने र पर्वत १ का उम्मेदवार नवराज गुरुङसहित आफुलाई एक घरमा दाम्लोले बाँधेर थुन्दासमेत अविचलित भएर लागेका जोशीले २०५१ सालमा नेपाली काँग्रेसका इन्दु शर्मालाई पर्वत १ बाट विजयी गराउन सफल भएका थिए । २०५६ सालमा उनले पर्वत १ बाट पहिलो पटक टिकट पाए । उनले ठुलो मतान्तरमा जितेपनि ।
तर, त्यतिबेला तत्कालिन बिद्रोही नेकपा माओबादीको जगजगी थियो । गाउँमा सडक पुगेको थिएन । गाउँमा बिजुली गएको थिएन । गाउँमा खानेपानीको निकै नै असुविधा थियो । सिंचाईका पूर्वाधार नै थिएन । गाउँनजिक कतिपय ठाउँमा बिद्यालय नै थिएनन् । स्वास्थ्य चौकीको सुविधा थिएन । हुलाक थिएन । टेलिफोनको नामनिसान नै थिएन । यस्तो अवस्थामा गाउँको विकासका लागि सक्रिय रहदा गाउँगाउँबाट तत्कालिन नेकपा माओबादीले धम्की दिने गर्थे । एमालेका नेता कार्यकर्ताले गाउँमा विकास लैजानुहुँदैन भनेर बिरोध गर्थे । गाउँमा उपभोक्ता समितिमा माओबादीले बस्नै दिदैन्थिए । कतिपय ठाउँमा गएको बजेट लुटेर लैजान्थे ।

यस्तो अवस्थामा पनि अर्जुनप्रसाद जोशीले हरेक खाएनन् । उनी एक दिन पनि घरमा राम्रोसँग बसेनन् । अर्जुनप्रसाद जोशी जिल्लामा आउदा हरेक दिन कुनै न कुनै गाउँमा पुगिरहे । हरेक गाउँका प्रमुख समस्या टिप्नमै ब्यस्त भए । गाउँको समस्याको पोको बोकेर उनी राजधानी पुग्थे । प्राथमिकताका आधारमा उनी हरेक मन्त्रालयमा पुगेर झगडा गर्थे । पर्वतमा विकासका योजना भित्राउनमा उनको मन्त्रालयका सचिवदेखि तल्लोतहका कर्मचारीसम्म झगडा हुन्थो ।
चुनाव जितेको समयावधि नपुग्दै तत्कालिन राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएपछि संसद पद गुम्यो । तीन÷चार बर्षसम्म उनले गाउँमा बजेट ल्याउनै नसक्ने भए । जब ०६२÷६३ सालको जनआन्दोलन सफल भयो र राजाको प्रत्यक्ष शासन ढल्यो । मुलुकमा लोकतन्त्रबहालीसँगै संसद पद पनि पुर्नस्थापना भयो । जोशीले यो अवधिमा गाउँमा साविकका हरेक गाविसमा मोटरबाटो पु¥याउन सफल भए । उनले सडकसँगै जनताहरु अध्यारोमा बसेका छन् । अध्यारोमा बस्नु सबैभन्दा ठुलो समस्या हो भनेर उनले बिद्युतिकरणमा जोड दिए ।

सोच्दै नसोचेका कतिपय गाउँमा उनले ०५७÷५८ सालमै बिजुली बाल्न सफल भएका थिए । गाउँमा हुलाक सेवा भित्राउन, सिंचाईका योजना भित्राउन, टेलिफोनका टावर राख्न, हरेक गाउँमा बिद्युतिकरण र फलामे पोल ल्याउन, सडक पु¥याउन उनको भूमिका र सक्रियतालाई पर्वत जिल्लाबासीले कहिल्यै भुल्नुहुँदैन । ०६४ र ०७० सालमा संविधान निर्माण गर्ने मुल उद्देश्य लिएर जनताले जिताएर पठाएपनि उनले संविधानसभाका गतिविधिसँगै मेरो विकासको दायित्व हैन भनेर कहिल्यै हात उठाएनन् । उनले जिल्लामा आउदा हरेक दिन जनताको समस्या र भावना बुझ्नमै समय खर्चिए ।
कतिपय एमाले र माओबादीका नेताहरु नै उनी जिल्लामा रहदा पर्वतको विकास गर्ने हजुर नै हो, हाम्रो गाउँमा यो यो समस्या छन भनेर उनीबाट विकासका योजना गाउँ फर्काएकै हुन । अर्जुन जोशी भनेपछि हरेक विकासे मन्त्रालयमा उनको राम्रो सम्बन्ध छ । त्यसले पनि अर्जुनप्रसाद जोशीले संसद विकास कोष र संसद क्षेत्र पूर्वाधार विकास कोषबाहेक पनि बर्षेनी करोडौ बजेटका योजना जिल्लामा भित्राए ।

अर्जुनप्रसाद जोशीले तीन चोटी जित्नुको कारण पनि जनता उनले गरेका कामप्रति प्रभावित भएर हो । अहिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा अर्जुनप्रसाद जोशीले केही गरेन भन्नु केवल मुर्खता र चुनावमा जोशीलाई कमजोर बनाउने खेलमात्रै हो ।
जो कहिल्यै पर्वत कस्तो छ ? भनेर गाउँ नै गएको छैन । पर्वतको गाउँमा भएका कामको बारेमा जानकारी नै छैन, उसले नै अर्जुनप्रसाद जोशीले केही गरेन भन्नुमा कुनै तुक रहदैन । कोठामा बसेर सामाजिक सञ्जालमा कसैले गाली गरेको आधारमा जनताले अर्जुनप्रसाद जोशीले गरेका काम बिर्सिने पक्कै छैनन् । अर्जुनप्रसाद जोशीले पर्वत जिल्लाको विकासको लागि केही सपना देखेका छन् ।
उनले आगामी पाँच बर्षभित्रमा आफुले सुरुवात गरेका बाँकी काम पुरा गर्नका लागि राजनीति र विकासे काममा अनुभवप्राप्त ब्यक्ति नवराज गुरुङ र विगत लामो समयदेखि समग्र पर्वतलाई नयाँ पर्वत बनाउने दृष्टिकोण लिएका युवा राजेन्द्रप्रसाद तिवारीजस्तो ब्यक्तिसँगै अगाडी बढेको छन्, यो पक्कैपनि पर्वतबासीका लागि अवसर र गौरबको बिषय पनि हो । त्यसैले यो पटक पर्वतबासीले गल्ती कदापी गर्ने छैनन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000