एमालेका दुई केन्द्रीय नेताको गाउँ राम्जाका युवाहरु धमाधम पसे काँग्रेसमा


पर्वत, मंसिर १३–बामगठबन्धनको बिरोध र आक्रोश गाउँगाउँमा ठुलो छ । हिजो एमालेका नेता कार्यकर्ता काट्ने माओबादी र सुरक्षाकर्मीलाई सुराकी लगाएर माओबादी कार्यकर्तालाई पक्राएर गायब पार्ने एमालेबिचको गठबन्धनको पर्वतका अधिकांश गाउँमा तिब्र आक्रोश छ । नेताहरुले बाहिरी रुपमा जतिसुकै ठुलो एकताको बजान गरेपनि गाउँका कार्यकर्ताहरुको मन मिल्नसक्ने अवस्था छैन । त्यसैले त अहिले पर्वतका गाउँगाउँमा बामगठबन्धन परित्याग गर्ने लहर नै चलेको छ ।

यसैक्रममा यही मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि गाउँ पुगेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य उम्मेदवार अर्जुनप्रसाद जोशी, प्रदेशसभा सदस्य उम्मेदवार नवराज गुरुङ र राजेन्द्रप्रसाद तिवारी जुन गाउँ गयो त्यहाँ काग्रेसमा प्रवेशको लहर नै छ । उम्मेदवारी दर्ता यता मात्रै एमाले र नेकपा माओबादीबाट मात्रै नौ सय ७५ जनाभन्दा बढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरीसकेका छन् ।

बुधबार प्रचारका क्रममा राम्जादेउराली र चित्रे पुगेका जोशी र गुरुङले ठुलो संख्यामा युवालाई नेपाली काँग्रेसमा भित्राएका छन् । राम्जादेउराली त्यो ठाउँ हो, जहाँ नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेश तिमिल्सिना र केन्द्रीय सदस्य बिजय गुरुङको गाउँ । राम्जामा एमालेका ठुला नेता भएपनि गाउँमा कहिल्यै जनताको समस्या बुझ्न नआउने र कुनै काम नै नगरेको भन्दै बुधबार त्यहाँ २९ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरे ।

‘अर्जुन जोशी, नवराज गुरुङले नगरेको भए राम्जामा सडक आउने थिएन, बिजुली आउने थिएन’ प्रवेश गरेका युवाले भने–‘बिद्यालयको समस्या, क्लबको समस्या, खानेपानीको समस्या सबै समस्या अर्जुन जोशी र नवराज गुरुङलाई भन्नुपर्छ भने नेपाली काँग्रेसमा किन प्रवेश नगर्ने भनेर प्रवेश गरेका हौ ।’

नेपाली काँग्रेसमा प्रवेश गराउदै प्रतिनिधिसभा सदस्य उममेदवार अर्जुनप्रसाद जोशीले नेपाली काँग्रेसले मात्रै पर्वतको विकास गर्ने दाबी गर्दै विगतमा काँग्रेसले गरेको कामबाट तर्सिएर एमालेका केही नेताहरु बर्बराउन थालेको बताए । उनले विकासको पक्षमा रहेका लोकतन्त्रको पक्षमा रहेका बामगठबन्धनका कार्यकर्तालाई यसपटक नेपाली काँग्रेसलाई सहयोग गर्न आग्रह गरे ।

प्रदेशसभा सदस्य पदका उम्मेदवार नवराज गुरुङले बामगठबन्धनको जितले विकास सम्भव नै नभएको र बषौ लडेर ल्याएको लोकतन्त्रसमेत गुम्ने भएकोले यसपटक इमान्दार बामगठबन्धनका कार्यकर्तालाई रुख चिन्हमा मतदान गर्न आब्हान गरे ।
यसैगरी बुधबारै चित्रेमा आयोजित कोणसभामा एमालेका २० जना युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । एमालेले सधै धोका मात्रै दिने र गाउँको विकासमा कुनै काम नै नगरेको भन्दै युवाहरु सामुहिक रुपमा नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । उनीहरुलाई जोशी र गुरुङले पार्टी प्रवेश गराए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000