बम बिस्फोटमा परि एक म्यादी प्रहरीको मृत्यु

दाङ, मंसिर १३–दाङको तुलसीपुरमा मंगलबार भएको बम विस्फोटनमा परि एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका म्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका १२ क्वाँगी निवासी २३ वर्षीय विनोद चौधरीको गए राति उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी २३ वर्षीया जेनी डिसी, सल्यान जिल्लाको बागचौर गाउँपालिका वडा नं. ४ निवासी ४० वर्षीया देवीकुमारी डिसी र तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी ४० वर्षीय बमराज सुनारको अवस्था अझै गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी सुधिरराज शाहीले जानकारी दिए। उनीहरू तीनै जनालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर ‘रेफर’ गरिएको हो।

अन्य घाइतेहरूमा बबई गाउँपालिका वडा नं. ६ निवासी १८ वर्षीय सुनिता चौधरी, सल्यान जिल्लाको ढोरचौर गाउँपालिका वडा नं. २ निवासी ४५ वर्षीया नरपनी बुढाथोकी, बबई गाउँपालिका वडा नं. ६ निवासी ३६ वर्षीय नेवबहादुर खत्री, शान्तिनगर गाउँपालिका वडा नं. २ निवासी ५० वर्षीय हेमराज रामजाली र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी २३ वर्षीय विनोद चौधरी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तुलसीपुरस्थित अरनीको मैदानमा आयोजित कार्यक्रम स्थलमा पुगेलगतै त्यसको झन्डै डेढसय मिटरको दूरीमा मुख्य बजारमा बम विस्फोट भएको थियो।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000