उपल्लो पाङराङ र बाच्छाका तीन दर्जनबढी युवा काँग्रेसमा प्रवेश (नामावलीसहित)


पर्वत, मंसिर १३–यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली काँग्रेसप्रतिको आकर्षण बढ्दै गएको छ । हरेक गाउँमा बामगठबन्धनप्रति असन्तुष्ट हुँदै यो चुनावमा काँग्रेसका उम्मेदवारलाई जिताउने भन्दै उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरिरहेका छन् । यसैगरी पर्वतको दक्षिण भेगमा पर्ने पाङराङ र बाच्छाको उपल्लो भेगबाट तीन दर्जनबढी युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

उनीहरुले एमाले, माओबादीले जतिसुकै जनताको नाम बेचेपनि झन कामै नगर्ने पार्टी भएको भन्दै इतिहास हेर्दा नेपालको सबैभन्दा राम्रो पार्टी नै नेपाली काँग्रेस भएको बताएका छन् । यसरी नेकपा एमाले र नेकपा माओबादी केन्द्र छाडेर नेपाली काँग्रेसमा प्रवेश गर्नेमा गोपाल विक, कुलबहादुर गुरुङ, डिलप्रसाद गुरुङ, यमबहादुर नेपाली, रामबहादुर सुनार, बसन्त गुरुङ, रोसन गुरुङ, दिपिन सुनार, लक्ष्मी सुनार, फुलमाया गुरुङ, जीवन सोनी, रमित गुरुङ, रुपेश गुरुङ, जानकी विक, बेलमती गुरुङ, बलाराम सुनार, विशाल घर्ती, डम्बरबहादुर सुनार, सन्तोष क्षेत्रीलगायत तीन दर्जन बढी रहेकन छन् ।

उनीहरुलाई नेपाली काँग्रेसका युवा नेता एवम् पर्वत प्रदेशसभा ख क्षेत्रका उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, नेपाली काँग्रेसका पूर्वमुख्य सचिव ऋषिकेश तिवारी, महासमिति सदस्य खगेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी, राधाकुमारी क्षेत्री, मुना भुसाललगायतले पार्टी प्रवेश गराएका छन् । पार्टी प्रवेश गराउदै राजेन्द्रप्रसाद तिवारीले सबै वडाको मायाले आफुलाई निकै उत्साह आएको बताए । उनले काम गर्ने योजनासहित आएकोले एकपटक सबैले अवसर दिन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000