प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान

काठमाडौँ, मङि्सर ९ –प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन्।

प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचनमा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन नेपाली नागरिकलाई आह्वान गरेका हुन्। “सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रुपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको छु” विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री देउवाले लोकतन्त्रको सबैभन्दा ठूलो यस उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सबैमा अनुरोध गरेका छन्। नेपालको संविधानले व्यवस्था गरेबमोजिम संघीय संसद् र प्रादेशिक संसद्का लागि आइतबार ३२ जिल्लामा प्रथम चरणको निर्वाचन हुँदैछ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000