ओलीसँग ठाकठुक भएपछि प्रचण्ड भारतीय राजदूतको शरणमा

काठमाडौं, कार्तिक २७– वाम गठबन्धन बनाउन एमाले र माओवादी केन्द्रलाई जुन शक्तिले दवाव दिएको थियो अहिले त्यो शक्ति ब्याक हुने अवस्थामा पुगेको छ । एमालेका अध्यक्ष केपी ओलीको व्यक्तिवादी चरित्र र आर्थिक विषयमा देखिएको अपारदर्शिताका कारण त्यो शक्ति हच्किएको टिप्पणी हुन थालेको छ । केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ नेताहरूले वाम गठबन्धन बनाउन दबाब दिएका थिए ।

चीनका उपप्रधानमन्त्री नेपाल भ्रमणका बेला होटेल सोल्टीमा भएको गोप्य भेटवार्ताका बेला चिनियाँ पक्षले एमाले र माओवादी केन्द्रलाई वाम गठबन्धन बनाएर निर्वाचनमा जान दबाब दिएको थियो । चीनको उच्चस्तरीय त्यो टोलीले ओलीमार्फत निर्वाचन खर्च दिने आश्वासन दिएको थियो । आश्वासन अनुसार चीनबाट पैसा पनि आयो । तर, त्यो पैसा एमाले र माओवादी केन्द्रले बराबरी भागबण्डा लगाउने पूर्वसहमतिलाई तोडेर ओलीले कत्ति पनि खर्च नदिएको स्रोतको भनाई छ ।

ओलीले खर्च नदिएपछि रिसाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फेरि भारतको शरणमा पुगेको स्रोतको दावी छ । चार दिन अगाडि प्रचण्ड भारतीय राजदूत मनजिभसिंह पुरीलाई भेट्न लैनचौरस्थिात भारतीय राजदूतावास पुगेको स्रोतले जनाएको छ । त्यो भेटमा प्रचण्डले चीनको दवावमा एमालेसँग मिल्न पुगेको भन्दै निर्वाचन खर्च सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा राजदूत पुरीले दुई सर्त राखेको स्रोतको भनाई छ ।

राजदूत पुरीले कि वाम गठबन्धन छाड्नु पर्ने या निर्वाचनपछि एमालेको साथ छाडेर कांग्रेससँग मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव राखेको स्रोतको भनाई छ । जवाफमा प्रचण्डले निर्वाचनको मुखमा आएर एमालेलाई धोका दिन नसक्ने तर, निर्वाचनपछि कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको आश्वासन दिएका छन् । त्यसपछि भारतीय राजदूत पुरीले प्रचण्डलाई निर्वाचन खर्च स्वरुप २ सय ५० करोड रुपियाँ दिने बचन दिएका स्रोतको भनाई छ ।

प्रचण्ड भारतीय राजदूतावास पुगेर निर्वाचन खर्च मागेको थाहा पाएपछि एमालेका अध्यक्ष ओली सशंकित हुन पुगेका छन् । त्यसको प्रतिक्रिया स्वरुप ओली–प्रचण्डले गर्ने भनिएको संयुक्त चुनावी सभाको कार्यक्रम प्रभावित भएको छ । अब ठूला चुनावी कार्यक्रम हुने छैनन् । साना चुनावी सभाहरूलाई उनीहरूले सम्बोधन गर्ने छन् ।

प्रचण्डलाई नलगेर ओलीले ताप्लेजुङमा एक्लै चुनावी सभा गरेर एमालेका शक्ति देखाएका छन् । सोही कारणले पनि अब एमाले र माओवादी केन्द्रबीचको सम्बन्ध धेरै दिन अगाडि नजाने हो कि भनेर एमालेका नेता प्रदीप नेपालले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा खुलासा गरेका छन् । नेता नेपालले माओवादी र कांग्रेस फेरि मिल्ने तथा एमाले एक्लिने पक्का रहेको बताएका छन् ।

– यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000