एमालेको चुनाबी प्रचारमा सरकारी गाडी प्रयोग


पर्वत, कार्तिक २७– आचारसंहिताबिपरित जिल्ला समन्वय समितिको स्करपियो गाडी चुनावी प्रचारप्रसारमा प्रयोग भएको छ । यही कार्तिक १६ गते मनोनयन दर्ताका क्रममा ¥यालीमा समानुपातिक उम्मेदवार भोलानाथ शर्मासहितका नेताहरु चढेको ग१झ २८९ नम्बरको उक्त गाडी निरन्तर चुनावी प्रचारमा छ । जिल्ला समन्वय समितिका संयोजक मनोहर बिश्वकर्मा पौडेलले बामगठबन्धनको चुनावी प्रचार र सभामा नेताहरु बोकेर लैजाने गरेका हुन ।
सोमबार कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङमा रहेको चुनावीसभामा पनि एमालेका नेता कार्यकर्ता बोकेर गाडी लगिएको भन्दै स्थानीयले बिरोध गरेका छन् । दुर्लुङका स्थानीय एवम् नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य लेखनाथ पौडेलले एमालेको चुनावीसभामा सोमबार जिल्ला समन्वय समितिको ग१झ २८९ नम्बरको गाडी प्रयोग भएको बताए ।
‘समन्वय समितिका प्रमुख मनोहर बि पौडेलले गाडीमा एमालेका नेता कार्यकर्ता बोकेर चुनावीसभामा आएका छन’ उनले भने । स्थानीय विकास अधिकारी बिष्णुप्रसाद भुसालले समन्वय समितिको गाडी चुनावीसभामा गएको विषयमा कुनै जानकारी नभएको बताए । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले चुनावीप्रचारमा सरकारी गाडी प्रयोग गर्नु आचारसंहिता बिपरित भएको बताए ।
जिल्ला निर्वाचन आचारसंहिता विपरित गतिविधि भएनभएको हेर्ने संयोजक तोकिएका सहायक सरकारी वकिल केदार उपाध्यायले चुनावी प्रयोजनका लागि दलले सरकारी गाडी प्रयोग गर्न नपाउने बताए । सरकारीस्रोतसाधनको निर्वाचनमा दलले प्रयोग गरेको बिषयमा सरकारी निकायबाट फितलोपन आएको काँग्रेसले निष्कर्ष निकालेको छ ।
यता सवारी साधनमा माइकिङ गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले गाडीको छतमा माइक बाँधेर माइकिङ गर्नेमाथि सोमबारदेखि कडाई सुरु गरेको बतयो । प्रहरीले सवारी साधनमा माइकिङ गर्नेको माइक निकाल्न सुरु गरेको छ । जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले दलका उम्मेदवारले आचारसंहिता बिपरित माइकिङ गरेको पाएपछि माइक निकाल्न थालिएको बताए ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000