काँग्रेस नेता जोशीको पहलमा हुवास–बर्राचौर सडक यसैबर्ष कालोपत्रे हुने

पर्वत, कार्तिक २५–पैंयू गाउँपालिकाको हुवासदेखि बिहादी गाउँपालिकाको बर्राचौरसम्मको सडक यसैबर्ष कालोपत्रे हुने भएको छ । २०६३ सालमा संसद पुर्नस्थापना भएपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशीको पहलमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालिन अर्थमन्त्री डा.रामशरण महतले ४० लाख रुपैयाँ छुट्याएको यो सडकमा चालु आर्थिक बर्षमा कालोपत्रे हुने भएको हो ।

काँग्रेस नेता जोशीको पहलमा सडक बिभागले ठेक्कामार्फत सडकको कालोपत्रे सुरु गर्ने तयारी गरेको हो । ‘०६३ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालिन अर्थमन्त्री डा.रामशरण महत भएको बेला ४० लाख रुपैयाँ बिनियोजन गराएका थियौ’ पर्वतबाट प्रतिनिधिसभा उम्मेदवार समेत रहेको काँग्रेस नेता जोशीले भने–‘चालु आर्थिकबर्षदेखि कालोपत्रेको काम सुरु हुदैछ ।’

उनले पर्वतको दक्षिण भेगमा एक इन्चपनि सडक कालोपत्रे नभएको बेला दक्षिणका जनतालाई निकै सहज हुने बताए । ‘मेरो क्षेत्र पर्वत १ भएपनि विगतमा पनि हरेक वडामा बार्षिक कुनै न कुनै योजना पर्वत २ मा पार्दै आएको थिए, यसपटक मेरो क्षेत्र भएपछि अब त्यहाँका अत्यावश्यक समस्यालाई क्रमिक रुपमा पुरा गर्दै जान्छु’ जोशीले भने ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000