कम्युनिष्ट भनेकै लोकतन्त्र विरोधी हुन्ः प्रधानमन्त्री देउवा

ताप्लेजुङ, कात्तिक २५ – ताप्लेजुङबाट कांग्रेसको चुनावी अभियान सुरु गरेका प्रधानमन्त्री शेरबहादुर देउवा वाम गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई ‘कम्युनिष्ट गठबन्धन’ भन्दै उनले यो लोकतन्त्र, जनता र संघीयता विरुद्ध नै भएको दाबी गरे ।

ताप्लेजुङको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले कांग्रेस भन्नु र लोकतन्त्र भन्नु एउटै भएको दाबी गरे । ‘लोकतन्त्रमा मात्र जनता मालिक हुने, बोल्न-लेख्न पाउने र डरत्रासको शासन हुँदैन’ उनले भने, ‘कम्युनिष्ट भनेकै लोकतन्त्र विरोधी हुन् ।’

एमाले र माओवादीको गठबन्धन प्रजातन्त्र कमजोर गर्ने षड्यन्त्र गरेका भएको उनले बताए । देउवाले भने, ‘ जनतालाई दास बनाउन खोजेका छन् । कम्युनिष्ट शासन आयो भने डर त्रासको शासन हुनेछ । बोल्न लेख्न पाइँदैन ।’ पार्टीका उम्मेदवारलाई भोट माग्दै देउवाले कांग्रेस जिते मात्र लोकतन्त्र बलियो हुने दाबी गरे ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000