वडा अध्यक्षसहित दर्जन माओवादी नेता कांग्रेस प्रवेश, देउवाले यसरी भित्र्याए….

डडेलधुरा, कात्तिक २०–डडेलधुराका एक दर्जन माओवादीका प्रभावशाली नेताहरु कांग्रेसमा प्रवेश गर्नुभएको छ । सोमबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडा अध्यक्ष चेतराज भट्ट लगायत दर्जन माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीहरुलाई कांग्रेस सदस्य दिएर प्रवेश गराउनु भएको हो ।

कांग्रेसमा प्रवेश गर्नुभएका भट्ट गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुदा उहाँको स्वकिय अधिकृत समेत हुनुहुन्थ्यो । उनी माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्य समेत हुनुहुन्छ ।

त्यस्तै डडेलधुराकै वाईसिएल नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर कठायत पनि कांग्रेस प्रवेश गर्नुभएको छ । त्यस्तै गन्यापधुरा गाउँपालिका वडा नम्वर ४ का सदस्यहरु नरजित भुल र वीरबहादुर भुल पनि कांग्रेस प्रवेश गर्नुभएको छ ।

त्यस्तै डडेलधुराका माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरु मानबहादुर धानुक, गोपाल खत्री, मिनराम साउद र धनिलाल पाल पनि कांग्रेस प्रवेश गर्नुभएको छ । उहाँहरु सबैलाई प्रधानमन्त्री देउवाले खादा लगाएर उहाँहरुलाई कांग्रेसमा स्वागत गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000