सांसदका लागि कुर्सी जोहो गरिँदैः कसलाई कस्तो रङको कुर्सी ?

काठमाडौं  कार्तिक २० –संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक कक्ष हरियो र माथिल्लो सदन राष्ट्रिय सभाको रङ रातो हुने भएको छ ।

आम निर्वाचन नजिकिँदै गर्दा संसद् सचिवालयले संघीय संसदका दुवै सदनका नियमित र संयुक्त बैठकका लागि आवश्यक भौतिक पूर्वाधार तयारी थालेको हो । संविधानसभा र रूपान्तरित व्यवस्थापिका संसदको बैठकमा प्रयोग गरिएका सेता कुर्सीलाई हरियो बनाउने निर्णय भए पनि सबै कुर्सी फेर्ने कि मर्मत मात्रै गर्ने भन्ने टुंगो लागेको छैन ।

‘संविधानसभा र व्यवस्थापिका संसदको बैठकका लागि उपयोग गरिएको मुख्य हलमा प्रतिनिधिसभा र दुवै सदनको संयुक्त बैठक बस्न मिल्ने गरी पुन:संरचनाको तयारी गरेका छौं,’ संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले भने, ‘अन्तर्राष्ट्रिय अभ्यासअनुरूप तल्लो सदनको बैठक कक्षमा हरियो र माथिल्लो सदनमा रातो रङ प्रयोग गरिनेछ ।’

संविधानअनुसार संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट चुनिने १६५ र समानुपातिकबाट आउने ११० गरी २७५ सांसद हुनेछन् भने माथिल्लो सदन राष्ट्रिय सभामा ५९ सदस्य हुनेछन् । दुवै सदनको संयुक्त बैठक बस्न प्रतिनिधिसभा बैठक कक्षमा ३३४ कुर्सी आवश्यक पर्छ । सचिवालयले संविधानसभाका ६०१ सदस्यका लागि राखिएका कुर्सी हटाएर बैठक कक्षलाई छरितो पार्न खोजेको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000