आपराधिक छविका उम्मेदवारको दबदबा !

काठमाडौं, कात्तिक २०–मोरङमा सञ्चारकर्मी कुटपिट घटनामा फरार रहँदा एमाले नेता पर्शुराम बस्नेतले तत्कालीन गृहमन्त्री कृष्णबहादुर महराप्रति व्यंग्य गर्दै भनेका थिए, ‘पर्शुराम गृहमन्त्रीसँग त डराउँदैन । प्रहरी त गृहमन्त्री मातहतका हुन् । किन डराउने ? ’

एमालेकै ठूला नेताको संरक्षणमा ठेक्कापट्टा सञ्चालन गर्दै आएका बस्नेतले मोरङमा गुन्डाराजलाई बढावा दिँदै आएका थिए । अहिले उनै बस्नेतलाई एमालेले मोरङ-६ बाट प्रदेशसभा प्रत्यक्ष उम्मेदवारमा सिफारिस गरेको छ ।

बस्नेतले जिते हिजो एमालेको सामान्य कार्यकर्ता रहेका बेला र पछि शक्तिमा आउँदा उनले कुन हदसम्म शक्ति दुरुपयोग गर्लान् ? यो प्रश्न अहिले सुरक्षाकर्मीमाझ उब्जिएको छ । बस्नेतविरुद्ध विशेष अदालतमा अवैध रुपमा अकुत सम्पत्ति आर्जनको मुद्दा पनि चलिरहेको छ ।

बस्नेत मात्रै होइन । एमालेले आपराधिक पृष्ठभूमिका दीपक मनाङेलाई मनाङबाट प्रदेशसभा सदस्य उम्मेदवारमा सिफारिस गरेको थियो । चौतर्फी विरोध भएपछि मनाङे एमालेबाटै बागी उम्मेदवारका रूपमा चुनाव लड्ने भएका छन् ।

गुन्डागर्दी, ज्यानमार्ने उद्योग, अपहरण, चन्दा असुलीलगायत अभियोग लागेर जेल सजाय भोगेका मनाङेलाई एमाले अध्यक्ष केपी ओलीले माला लगाएर पार्टी प्रवेश गराएका थिए । अपराधमा राजनीतिक संरक्षण र अपराधको राजनीतिकरणको नमुनाका रूपमा मनाङेको उदय भएपछि सुरक्षा निकायसमेत झस्केका छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000