कैदी नम्बर ५७६: यस्तो छ बालकृष्ण ढुंगेलको कारागारको बसाई

काठमाडौं, कात्तिक १५ –ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका माओवादी नेता तथा पूर्वसांसद बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा राखिएको छ । उनी अन्तराष्ट्रिय कुख्यात अपराधी उदय सेट्ठीसँगै थुनामा छन्। उदय अपहरणलगायत फौजदारी मुद्दामा जेलमा परेका हुन् ।

त्यतिमात्र नभई मंगलबारदेखि नै ढुंगेलले ‘ख’ ब्लकका जेलका नाइके टासी गुरुङको आदेश मान्नुपर्छ। टासी पनि अपहरण मुद्दामा परी जेल सजाय काटिरहेका कैदी हुन् । ढुंगेलको पहिलो रात भुईंमै वित्नेछ। उनले सुत्नका लागि अरु” कैदिसरह खाट पाएका छैनन्। बुधबार भने उनले खाट पाउने कारागार कर्मचारी स्रोतले जनाएको छ ।

उनलाई राखिएको ‘ख’ ब्लकमा १ सय २७ कैदीबन्दीका लागि एकल र संयुक्त खाटको ब्यवस्था छ। ‘अरुलाई खाटबाट हटाएर उनलाई खाटमा सुताउन नमिल्ने भएकाले मंगलबार उनी भूईंमै सुत्छन्’, कारागार स्रोतले भन्यो । कारागारको ‘क’ ब्लकमा भने जग्गा व्यवसायी सुधिर बस्नेतदेखि भ्रष्टाचार मुद्दामा जेल परेका पूर्व प्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेम गुरुङसहित ४ सय ४८ कैदी छन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000