पूर्वसांसदले बाँडेको १० अर्बको योजना रद्द

काठमाडौं, कात्तिक १३–पदावधि सकिने बेला पूर्वसांसदले बाँडफाँट गरेका १० अर्ब रूपैयाँका योजना रद्ध हुने भएका छन्। यो खबर दिलीप पौडेलले आजको नागरिकमा लेखेका छन्। निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि पूर्वसांसदका नामबाट छुट्याएका सम्पूर्ण योजना रद्ध गर्न निर्वाचन आयोगले सरकारलाई आईतबार निर्देशन दिएको हो ।

निर्वाचनको स्वतन्त्रता, निष्पक्षता र विश्वासनीयता कायम राख्न सांसद्कै पदावधि नरहेको अवस्थामा रकम खर्च गर्न नमिल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए । ‘पूर्वसांसदले सिफारिस गरेका सम्पूर्ण योजना रद्द गर्न निर्देशन दिएका छौ,’ढकालले भने,‘सम्बन्धित निकायले रकम खर्च नगरी रोक्का राख्न भनेका हौ।’

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आचारसंहिता पालना गर्ने सन्दर्भमा बजेट बाँडफाँट गर्दा निर्वाचन प्रभावित हुने आयोगले जनाएको छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000