बाम गठबन्धनद्वारा १ सय ७ क्षेत्रको टुंगो

काठमाडौं, कात्तिक ११ –माले र माओवादी केन्द्रले मंसिर २१ मा हुने दोश्रो चरणको चुनावका लागि सिट बाँडफाँड अन्तिम चरणमा पुर्‍याएका छन्। दोश्रो चरणको १ सय २८ निर्वाचन क्षेत्रको बाँडफाँडबारे सम्भवतः शनिवार संयुक्त रुपमा सार्वजनिक गर्ने बाम दलको तयारी छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

दोश्रो चरणमा हुने प्रतिनिधिसभाका १ सय २८ निर्वाचन क्षेत्रमा दुई दलका उम्मेदवार लड्ने १ सय ७ क्षेत्रको टुंगो लागिसकेको सिट बाँडफाँड समितिका एक सदस्यले बताए। त्यसमध्ये एमालेलाई ७२ माओवादी केन्द्रलाई ३५ सिट छुट्याइएको छ। त्यहि अनुपातमा सम्बन्धित प्रदेशमा पनि सिट बाँडफाँड भएको छ।

पहिलो चरणको मंसिर १० मा हुने निर्वाचनका लागि एमालेले २१ र माओवादी केन्द्रले १६ सिटमा सहमति गरेका थिए। सोहि अनुसार उम्मेदवार मनोनयन पनि भैसकेका छन्। दुई बाम दलबीच ६० ४० प्रतिशतका आधारमा सिट विभाजन गर्ने सहमतिअनुसार सिट बाँडफाँड भएको हो।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000