मंसिर १० सम्म पनि मतदाता रोक्नै मुस्किल

मुस्ताङ, कात्तिक १० –जाडो छल्न बर्सेनि कात्तिक पहिलो सातादेखि मुस्ताङी उँधौली झर्छन्। अन्य जिल्ला र भारतसम्मै पुग्छन्। घरहरुमा ताला मारिन्छ। एक/दुई जना अशक्त र कुरुवा बसे पनि हिँड्न सक्नेहरु अन्यत्र जान्छन्।

चिसो बढ्न सुरु भए पनि यसपटक भोट दिनुपर्ने भएकाले जिल्लावासीहरु बाहिर जान रोकिएका छन्। बरु अन्यत्र रहेका उम्मेदवारका आफन्त पनि हार-जितमा आफ्नो मतले प्रभाव पार्ने भन्दै जिल्ला आउन थालेका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

सबै दलले आफ्ना निकटका मतदाता र कार्यकर्तालाई मंसिर १० अघि जिल्ला नछाड्न आग्रह गरेपछि मुस्ताङीको जाडो छल्लने उँधौली परम्परामा केही फेरबदल भएको छ। जाडो छल्न यहाँका बासिन्दा असोजदेखि नै तयारी थाल्ने र कात्तिक महिनाभरि राजधानीलगायत बेनी, पोखरा, बुटवल र भारतका विभिन्न सहरमा जाने परम्परा छ। तर, अहिले प्रतिनिधि र प्रदेशसभा चुनावका लागि स्थानीयलाई जिल्लाबाहिर जान एक महिना ढिला हुने भएको छ।

सबै पार्टीले यहाँका गाउँगाउँ पुगेर चुनावअघि कहीँ नजान उर्दी जारी गरेको स्थानीयले बताए। उम्मेदवार र दलहरुको आग्रहका कारण जिल्लावासी मंसिर १० को मतदान समयको पर्खाइमा छन्। गत आइतबार उम्मेदवारी निश्चित भए पनि अधिकांशले चुनावअघि नै प्रचार थालेका थिए।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000