मधेशवादी दलले बढी मागेपछि निर्वाचनमा कांग्रेसलाई यस्तो सकस

काठमाडौं, कात्तिक ९ –मंसीर  १० गते हुने पहिलो चरणको लागि थोरै सिटमा राप्रपा(प्रजातान्त्रिक), राप्रपा, नयाँ शक्तिलगायतका दलसँग सहकार्य गरी उम्मेदवार चयन गरेको नेपाली कांग्रेसलाई २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार चयन गर्न कठिन भइरहेको छ ।

यो निर्वाचनमा प्रमुख वामघटक एमाले र माओवादी केन्द्रलगायतका दलहरु सहकार्य गरी चुनावी मैदानमा होमिएपछि थप चुनौतीको सामना गरिरहेको कांग्रेसले तराई केन्द्रित दलहरुसँगको तालमेललाई निष्कर्षमा पुर्याउन सकेको छैन ।

विशेष गरी प्रदेश नम्बर २ मा राम्रो पकड भएको राजपा, संघीय समाजवादी फोरमसँग दोस्रो चरणको निर्वाचनमा चुनावी तालमेल गर्ने रणनीति बनाएको कांग्रेसलाई उनीहरुले माग गरेबमोजिम सिट दिन सकस भइरहेको छ ।

एक कांग्रेस नेताले भने, -मधेसी दलले प्रदेश नम्बर २ मा मात्र प्रतिनिधिसभाा लागि २४ र प्रदेशसभाका लागि ४८ सिट माग गरेका छन् । -नेपाली कांग्रेस राजपा र फोरमलाई प्रतिनिधिसभाका लागि १४ र प्रदेशसभाका लागि ३० सिटसम्म दिन तयार छ । दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवारी मनोनयन गर्ने समय एक साता मात्र बाँकी छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000