कर्मचारी र सुरक्षाकर्मीले चुनावमा भोट हाल्न नपाउने

काठमाडौं, कात्तिक ८ –प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटिने निजामति कर्मचारी र सुरक्षा निकायले समानुपातिकतर्फ मतदान गर्न नपाउने भएका छन्। यो खबर टपेन्द्र कार्कीले आजको राजधानीमा लेखेका छन्।

निर्वाचन आयोगले मतदानमा सहभागी नगराउने निर्णय गरेसँगै कर्मचारी, सेना, प्रहरी र म्यादी प्रहरी मतदानबाट बञ्चित हुने भएका हुन्।

निर्वाचन कानुनमा सो व्यवस्था नभएपछि कर्मचारीलगायत सुरक्षा निकायका सबै कर्मचारी बञ्चित भएका छन्। आयोगका अनुसार निर्वाचनमा खटिएकाले मतदान गर्न नपाए पनि बिदामा बसेकाले भने मतदाता नामावली भएको क्षेत्रमा भने मतदान गर्न पाउनेछन्।

निर्वाचन आयोगका अनुसार निर्वाचन कानुनले उनीहरुलाई मतदान गर्ने अधिकारबाट बञ्चित गरेको हो। यसअघि २०६४ र  २०७० सालको संविधान सभा निर्वाचनमा भने समानुपातिक तर्फ उनीहरूको मताधिकार निर्वाचन कानुनबाटै सुरक्षित गरिएको थियो।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000