आज पाँच सय ९२ सांसद बने भूतपूर्व

काठमाडौं,  कात्तिक ४ –कात्तिक ५ गते अर्थात् आइतबार पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता छ । त्यसैले शनिबारदेखि नै अहिलेका सांसदहरु भूतपूर्व बनेका छन् ।

नेपालको संविधानको धारा २९६ मा रुपान्तरित व्यवस्थापिका संसदको कार्यकाल २०७४ माघ ७ गतेसम्म रहने उल्लेख छ । तर, कार्यकाल पूरा हुनु अगावै प्रतिनिधिसभा निर्वाचन हुन लागेकाले मनोनयनपत्र दर्ता गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद कायम रहने संवैधानिक व्यवस्था छ ।

सोही व्यवस्था अनुसार कात्तिक ४ गते अर्थात आजबाट अहिलेका सांसदहरुको कार्यकाल समाप्त भएको हो ।

त्यसो त संविधानसभा अध्यक्ष समेत रहिसकेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि कात्तिक ४ लाई नै व्यवस्थापिका संसदका सदस्यहरुको अन्तिम कार्यकाल मान्नुपर्ने बताउँछन् । ‘हुन त मेरो जिल्ला इलाममा मनोनयन कात्तिक १५ गते हुनेछ तर मेरो कार्यकाल पनि कात्तिक ४ मै सकिन्छ, यसमा दोहोरो मापदण्ड हुँदैन,’ नेम्वाङले भने ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000