भट्टराईलाई गोरखा–२ छाड्न कांग्रेस नेता अनिच्छुक: यस्तो छ कांग्रेसको तर्क

नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नम्बर २ नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई छाडे पार्टीलाई घाटा हुने भन्दै कार्यकर्ताले विरोध गर्न थालेका छन् । कांग्रेस पदाधिकारी र कार्यकर्ताले विभिन्न बैठकमा भट्टराइलाई जिताउँदा कांग्रेसलाई फाइदा नहुने तर्क गर्न थालेका छन् । आजको नागरिकमा खबर छ ।

‘कांग्रेसलाई जरैदेखि फाल्नुपर्छ भनेर वाम गठबन्धनमा लागेका भट्टराईलाई गठबन्धनले गोरखा २ नदिएपछि उनी कांग्रेससँग तालमेल गर्न आएका छन्’, कांग्रेसका एक नेताले भने, ‘भट्टराईका कार्यकर्ताले अर्को क्षेत्रमा कांग्रेस उम्मेदवारलाई भोट हालेर जिताउँछन् भन्ने ग्यारेन्टी के ?

जिल्ला तहका नेता कार्यकर्ता र गोरखाबाट केन्द्रीय तहमा पुगेका नेता पनि गोरखा २ मा भट्टराईलाई छाड्न तयार छैनन् । स्थानीय तह निर्वाचनमा गोरखाका ११ मध्ये ९ तह जितेको कांग्रेस अहिले जिल्लामा पहिलो शक्ति देखिन्छ । दोस्रो माओवादी केन्द्र , तेस्रो एमाले र चौथोमा नयाँ शक्ति छ । तर, भट्टराईले चुनावी प्रतिष्पर्धा गर्न लागेको गोरखा २ मा भने नयाँ शक्ति एमालेभन्दा अगाडि छ ।

त्यहाँ कांग्रेससँग मिलेर निर्वाचनमा जाँदा सहजै जित्न सकिने विश्लेषण भट्टराइले गरेका छन् । एमालेको केही मत पाए जित्ने आसमा माओवादी नेता नारायाण्काजी श्रेष्ठ छन् । उनले गोरखा २ आफूले छाड्न नसक्ने अड्डी लिएपछि भट्टराई वाम गठबन्धनबाट बाहिरिएर कांग्रेससँग पुगेका हुन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000