प्रत्यक्षतर्फको मतपत्र छुट्टै छाप्न सर्वोच्चको ‘घुमाउरो आदेश’

काठमाडौं, – सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्ट्टै छाप्न घुमाउरो आदेश दिएको छ । संघ र प्रदेशसभा फरक–फरक संरचना भएकाले चुनाव एउटै मतपत्रमा गर्न नहुने दाबीसहित राजपा नेता सर्वेन्द्रनाथ शुक्लले दायर गरेको रिट निवेदनमा सर्वोच्चले प्रत्यक्षतर्फको मतपत्र फरक फरक बनाउन सुझाएको हो । शुक्लले असोज २२ गते दायर गरेको रिट निवेदन उपर मंगलबार बहस सकिएर बुधबार (आज) निर्णय सुनाएको छ ।

छुट्टाछुट्टै चारवटा मतपत्र बनाउनु पर्ने मागसहित दायर भएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि घुमाउरो ढंगले प्रत्यक्षको मतपत्र भने छुट्टै बनाउन भनेको हो । न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले समानुपातिकतर्फको मतपत्र छाप्न सुरु भइसकेकाले यस विषयमा भने बोल्नु उपयुक्त नहुने ठहर गरेको छ । आदेशमा भनिएको छ, ‘समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ कार्य प्रारम्भ भइसककेको अवस्थामा दर्ता हुन आएको निवेदनबाट अन्तरिम आदेशबारे बोल्नुको कुनै औचित्य रहेन ।’

निर्वाचन आयोगले दुवै मतपत्र एउटा पानामा दुई÷दुईवटा हुने निर्णय गरेर असोज १७ गतेदेखि समानुपातिकतर्फको छाप्न सुरु गरको छ । अहिलेसम्म आधा मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ । तर, प्रत्यक्षतर्फको मतपत्र भने फरक फरक छाप्न सर्वोच्चले घुमाउरो रुपमा आदेश दिएको हो ।

दुवै तहको चुनाव सम्बन्धी कानुन फरक फरक भएकोले मतपत्र पनि फरक बनाउन निर्वाचन आयोगले गम्भीरता पूर्वक विचार गर्नेछ सर्वोच्चले आदेशमा विश्वास व्यक्त गरेको छ । दुई पृष्ठ लामो सर्वोच्चको आदेशको अन्तिम वाक्यमा भनिएको छ, ‘अब पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य मिति २०७४/७/१० देखि प्रारम्भ गर्ने भन्ने निर्वाचन आयोगको कार्यतालिका देखिन आइ छपाई कार्य बाँकी नै देखिँदा प्रतिनिधिसभा र प्रदेशसभाको अलग अलग ऐन रहेको अवस्थामा दुवै सभाको सदस्यको निर्वाचन एउटै मतपत्रमा गर्ने निर्णय भएकोमा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र अलगै छाप्ने सम्बन्धमा निर्वाचन आयोगले सो विषयलाई गम्भीरता पूर्वक लिई विचार गर्ने नै हुँदा अन्तरिम आदेश जारी गरिरहनु परेन ।’

सर्वोच्चले समानुपातिकतर्फको मतपत्र छुट्टै बनाउन आदेश नदिएसँगै मंसिर १० र २१ गतेका लागि तोकिएको चुनाव सर्ने आशंका तत्कालका लागि अन्त्य भएको छ । बुधबार माओवादी केन्द्रले सरकारबाट फिर्ता हुने निर्णय गरे पनि सर्वोच्चको आदेशका कारण चुनाव सर्ने भन्दै अन्तिम समयमा निर्णय फेरेको थियो ।

समानुपातिकतर्फ एक करोड ८० लाख मतपत्र छपाइ गर्नुपर्नेमा बुधबारसम्म ९० लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ । सबै मतपत्र कात्तिक ७ गतेसम्म छापिसक्ने आयोगले जनाएको छ । कात्तिक ८ गतेदेखि छापिने प्रत्यक्षतर्फको मतपत्र भने फरक फरक छाप्न सर्वोच्चले घुमाउरो रुपमा आदेश दिएको हो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000