बेइजिङमा बैठक, काठमाडौंमा सुरक्षा सतर्कता !

काठमाडौं, असोज ३० –चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं नेसनल कंग्रेस बुधबारदेखि बेइजिङमा सुरु हुँदैछ। चीनमा हुने उक्त बैठकको सुरक्षासम्बन्ध भने काठमाडौंसम्म जोडिएको छ। यो खबर नवराज मैनालीले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्।

नेसनल कंग्रेसको बैठक नजिकिँदै गर्दा काठमाडौंमा चीनविरोधी गतिविधिको तयारी भइरहेको सूचनाको आधारमा प्रहरीले सतर्कता बढाएको छ। बैठकलाई विश्वले नै चासोका साथ हेरिरहेका बेला तीब्बती शरणार्थीले चीनलाई दबाब दिनेगरी काठमाडौंमा गतिविधि गर्ने तयारी भइरहेको सूचना प्रहरीले पाएको छ।

प्रहरी अधिकारीका अनुसार आत्मदाहको लागि तीनजना तीब्बती शरणार्थी काठमाडौं आएको सुचना प्रहरीले पाएको छ। उक्त सुचना पाएपछि बौद्ध क्षेत्रलाई विशेष निगारानीमा राखिएको प्रहरीको भनाइ छ। सादा पोशाकमा प्रहरी खटाएर जावलाखेल, स्वयम्भू क्षेत्रमा पनि प्रहरीले निगरानी बढाएको छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000