६८ जिल्लाबाट कांग्रेसको उम्मेदवार सिफारिस

काठमाडौं,असोज २५–कांग्रेसका ६८ जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको सूची केन्द्रीय कार्यसमितिमा पठाएका छन् । असोज १७ सम्म उम्मेदवारको सिफारिस गर्न निर्देशन दिईएपनि अझै ९ जिल्लाले सूची पठाएका छैनन् ।

उम्मेदवारको सूची नआउनेमा प्रदेश २ का पर्साबाहेक ७ जिल्ला छन् । रुकुम र रोल्पाले पनि सूची पठाएका छैनन् । प्रतिनिधिसभाका लागि ३० जिल्ला र प्रदेशसभाका लागि ६ जिल्लाले सर्वसम्मत उम्मेदवारको सूची पठाएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्ण केसीले बताए ।आजको कान्तिपुरमा खबर छापिएको छ ।

कांग्रेस नेतृत्वमा चुनावी तालमेलका लागि छलफल चलिरहेका कारण प्रदेश २ को सूची पठाउन जिल्ला कार्यसमितिले ढिलाइ गरेका हुन् । कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन निर्माणका लागि आबद्ध ६ दलबीच निर्वाचन क्षेत्र बाँडफाँटबारे छलफल चलिरहेको छ । सिट बाँडफाँटमा प्रदेश २ मा नै मुख्य समस्या देखिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको प्रभाव क्षेत्र रहेको यो प्रदेशमा कांग्रेस, राजपा र फोरमबीच सिट बाँडफाँट गर्न छलफल चलिरहेको छ ।

राजपा र फोरम गठबन्धनले ३२ निर्वाचन क्षेत्र रहेको प्रदेश २ बाट प्रतिनिधिसभामा २४ र प्रदेशसभाका लागि ४८ सिट माग गरेको छ । कार्यदल बैठकमा राजपा र फोरमले प्रतिनिधिसभामा ५५ र प्रदेशसभामा १ सय ३१ सिट माग गरेपछि ६ दलबीच दुई दिनदेखि बैठकसमेत बस्न सकेको छैन । कांग्रेसबाट कार्यदल सदस्य पूर्णबहादुर खडकाले दुई दिनदेखि बैठक नभएको बताउँदै कार्यदलका संयोजकले अनौपचारिक संवाद गरेको बताए । कार्यदलको संयोजकमा कांग्रेस नेता विमलेन्द्र निधि छन् ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000