यस्तो निर्णय गर्‍यो बाम एकता संयोजन समितिको पहिलो बैठकले

काठमाडौं असोज १९– एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टीको एकता संयोजन समितिले उम्मेदवारीका लागि क्षेत्र निर्धारण र संयुक्त घोषणापत्रका लागि छुट्टाछुट्टै समिति बनाएका छन् ।

एमाले उपाध्यक्ष वामदेव गौतमको भैँसेपार्टीस्थित निवासमा बसेको समितिको पहिलो बैठकले समितिहरू बनाएको हो । एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकमा दुई समिति बनाउने एजेन्डामा निर्णय भएको उपाध्यक्ष गौतमले बताए ।

उम्मेदवारीका लागि क्षेत्र निर्धारण समितिमा एमाले र माओवादी केन्द्रबाट तीन–तीन र नयाँ शक्तिबाट एकसहित सात सदस्य रहेका छन् । संयुक्त घोषणापत्र मस्यौदा समितिमा एमालेबाट तीन र माओवादी केन्द्रबाट तीन–तीन र नयाँ शक्तिबाट दुईसहित आठ सदस्य रहेका छन् ।

समितिले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कुन पार्टीले कुन–कुन क्षेत्रमा कति उम्मेदवारी भन्ने टुंगो लगाउनेछ । प्रदेश र प्रतिनिधिसभाका लागि तीनवटै पार्टीका एजेन्डा समेटिनेगरी संयुक्त घोषणापत्र तयार पारिनेछ । दुवै समितिमा पदाधिकारी तह र प्रभावशाली नेताहरू समेटिएका छन् ।

‘समितिले छिटोभन्दा छिटो काम सम्पन्न गर्नेछ ।’ गौतमले भने । आठ सदस्यीय एकता संयोजन समितिमा ओली र प्रचण्ड संयोजकको हैसियतमा रहेका छन् भने बाँकी सदस्यका रूपमा रहेका छन् ।

संयुक्त घोषणापत्र मस्यौदा समिति
संयुक्त घोषणापत्र मस्यौदा समितिमा वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीमबहादुर रावल, देव गुरुङ, प्रदीप ज्ञवाली, विश्वभक्त दुवाल, डम्बर खतिवडा र डा। लक्ष्मी देवकोटा रहेका छन् ।

६०–४० क्षेत्र निर्धारण समिति
क्षेत्र निर्धारण समितिमा ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, वर्षमान पुन, सुरेन्द्र पाण्डे, मातृका यादव र गंगा श्रेष्ठ रहेका छन् ।

बिहीबार दुवै समितिको बैठक 
घोषणापत्र र क्षेत्र बाँडफाँटका लागि दुवै समितिको बैठक बिहीबार बिहान ९ बजे माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ । बिहीबारकै बैठकले मोटामोटी खाका तयार गर्ने नेताहरूले दाबी गरेका छन् ।

आठ सदस्यीय एकता संयोजन समिति 
एमाले
केपी शर्मा ओली (संयोजक), माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल
माओवादी केन्द्र
पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’
नयाँ शक्ति पार्टी – डा बाबुराम भट्टराई

समितिमा झलनाथ परेनन्
तीन पार्टीको एकता संयोजन समितिमा एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल रहेका छैनन् । सुरुमा समितिमा खनाल रहने भनिए पनि उनलाई आमन्त्रितका रूपमा बैठकमा बोलाउने समझदारी बनेको उच्चस्रोतले जनाएको छ । खनालको स्थानमा समितिमा महासचिव ईश्वर पोखरेल सहभागी भएका छन् ।

एकता घोषणाबारे बैठकमा एसएमएस रिपोर्टिङ
एकता समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अध्यक्षता गर्दै बैठक सुरु गर्न ओलीलाई आग्रह गरेका थिए । नेताहरूबीचको समझदारीअनुसार अबदेखि समितिको बैठकको अध्यक्षता ओलीले नै गर्नेछन् ।

बैठकमा एकताको घोषणाले जनतामा उत्साह आएको भन्दै मोबाइलमा आएको बधाई सन्देश देखाएका थिए । ‘एकतालाई बौद्धिक क्षेत्रले सचेतन तरिकाले विश्लेषण गर्दै सही भनेको छ, कतै बिथोलिने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । बधाईको एसएमएस आएको देखाएर बैठकमा आपसमा खुसी पनि साटियो,’ एक नेताले भने । (नयाँ पत्रिका दैनिक)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000