८७ दललाई चुनाव चिह्न

काठमाडौं, भदौ २३ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दललाई चुनाव चिह्न वितरण गरेको छ । आयोगको बिहीबार बसेको बैठकले ८७ वटा दललाई चुनाव चिह्न दिने निर्णय गरेको हो ।

आगामी मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि ९५ दलले निर्वाचन आयोगमा दल दर्तासहितको निवेदन दिएका थिए ।
दुई वा दुईभन्दा बढी दल संयुक्त भई एकल चुनाव चिह्न लिन चाहेकालाई पनि चिह्न दिइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४९ अनुसार दर्ता गरी एकल चुनाव चिह्न दिने निर्णय गरेको हो ।
कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका परिचित दलले आफ्ना पुरानै चिह्न पाएका छन् । तराई केन्द्रित दल राजपा नेपालले चुनाव चिह्न छाता पाएको छ ।
त्यसैगरी विवेकशील साझा पार्टीले तराजु चुनाव चिह्न पाएको छ । नयाँ शक्ति पार्टी नेपालले देब्रे आँखा चुनाव चिह्न प्राप्त गरेको छ । आयोगले संघीय समाजवादी पार्टीलाई हातले समातेको मसाल चुनाव चिह्न दिएको छ ।
यसअघि एक सय २२ दल निर्वाचन आयोगमा दर्ता भएका थिए । राजनीतिक दलहरू आपसमा विलय भएका कारण दलको संख्या कम भएको प्रवक्ता ढकालले बताए ।
साना दलले ऊँट, कछुवा, कुखुराको भाले, हेलिकप्टर, गैंडा, कोदालो, साबेल, जग, लालटिन, डोको, गाग्री, पीपलको पातलगायतका चुनाव चिह्न पाएका छन् ।
०००
एउटै चुनाव दुई चरणमा  
मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनाव पहिलो चरणमा हिमाली र उच्च पहाडी गरी ३२ जिल्लामा हुनेछ । दोस्रो चरणमा पहाड र तराईका गरी ४५ जिल्लामा चुनाव हुनेछ ।
पहाडका ३२ जिल्लामा मंसिर १० मा पहिलो चरण र मंसिर २१ मा दोस्रो चरणको चुनाव तोकिएको छ ।
मंसिर १० मा चुनाव हुने ३२ जिल्ला
प्रदेश १ ः सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ प्रदेश ३ ः नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप
प्रदेश ४ ः मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा
प्रदेश ५ ः का पूर्वी रुकुम र  रोल्पा,
प्रदेश ६ ः पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा
प्रदेश ७ ः दार्चुला, बझाङ, बाजुरा र  बैतडी
मंसिर २१ मा चुनाव हुने ४५ जिल्ला
प्रदेश १ ः इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी
प्रदेश २ ः सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट
प्रदेश ३ ः सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर
प्रदेश ४ ः बर्दघाट सुस्ता पूर्व नवलपरासी, तनहुँ,  कास्की, स्याङ्जा र पर्वत
प्रदेश ५ ः बर्दघाट सुस्ता पश्चिम नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बाँके र बर्दिया प्रदेश ६ ः सल्यान, सुर्खेत र  दैलेख
प्रदेश ७ ः कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र  डोटी ।बक्स

कार्यतालिका आज
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका शुक्रबार सार्वजनिक गर्दैछ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको वैठकले कार्यतालिका तयार गरेको हो । कार्यतालिका शुक्रबार सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । nagarikbat

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

रेल रोकिएको रोकियै

अर्काको भलो गर्दा यसरी फसाउन खोजियो मल्ललाई

एमालेमा एकताको ढोका बन्द, विद्रोहको तयारी

इटहरीका मेयर चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुने

एमसीसीमा सभामुख नै अनिच्छुक, संसद्मा अघि नबढाउने संकेत




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000