कृषि बैंकका बेपत्ता कर्मचारी मृत भेटिए


पर्वत, साउन १४–कृषि विकास बैंक कुश्माका लेखापाल दिपेन्द्र गौडेल मृत भेटिएका छन् । २४ दिनअघि घरबाटै बेपत्ता फलेबास–४ मुडिकुवाका गौडेलको स्याङ्जाको मिर्मिस्थित कालीगण्डकी ए जनबिद्युत आयोजनाको ड्याममा शनिबार बिहान शव भेटिएको हो । उनी असार २२ गते बिहानदेखि बेपत्ता थिए ।
वडा प्रहरी कार्यालय वालिङका प्रमुख चिनकपुर गुरुङले कालीगण्डकी ए जलबिद्युत आयोजनाको ड्याममा भेटिएको शव गौडेलको भएको जानकारी दिए । ‘बिहान शव भेटिएको थियो, बेपत्ता भएका गौडेलका आफन्तले देखाउँदा उनकै भएको पहिचान गरेका छन’ गुरुङले भने । शव मिर्मिबाट वालिङ स्वास्थ्य चौकीमा ल्याएर पोष्टमार्टम गरिने र आफन्तको जिम्मा लगाइने उनले बताए ।
गत असार २१ गते कार्यालयको काम सकेर राती १० बजे मात्रै उनी घर फर्केका थिए । उक्त दिन बाहिरबाट नै खाना खाएर आएको भन्दै सुतेका उनी असार २२ गते बिहान सुतेको कोठामा थिएनन् । एकाएक घरबाटै बेपत्ता भएपछि गौडेल परिवारको रुवाबासी चलिरहेको थियो । आफन्त र प्रहरीले गौडेल बेपत्ता भएदेखि नै खोजीकार्य जारी राखेको थियो ।
प्रहरीले नाम, वतन र हुलिया दिएर आफ्नो संगठनमार्फत पनि खोजी जारी राखेको थियो । आफन्तले कालीगण्डकी नदी किनारमा समेत खोजी गरेपनि पत्ता लाग्न सकेको थिएन् । घरबाटै हराएर पत्तो नलाग्दा परिवार निकै चिन्तित थिए । उनको शव भेटिएपनि मृत्युको कारण खुल्न सकेको छैन ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

रेल रोकिएको रोकियै

अर्काको भलो गर्दा यसरी फसाउन खोजियो मल्ललाई

एमालेमा एकताको ढोका बन्द, विद्रोहको तयारी

इटहरीका मेयर चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुने

एमसीसीमा सभामुख नै अनिच्छुक, संसद्मा अघि नबढाउने संकेत




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000