पौने पाँच करोड जरिवाना उठ्यो

पर्वत, साउन ९–लामो समयसम्म उठ्न नसकेको अदालतले गरेको जरिवाना असुलमा गत आर्थिक बर्ष पर्वतमा राम्रो प्रगति देखिएको छ । अदालतको कडाई र प्रहरीको सक्रियताले गतआर्थिक बर्ष पौने पाँच करोड जरिवाना असुल भएको छ ।
हरेक बर्ष जरिवाना थपिएर छ करोड ७२ लाख २४ हजार पाँच सय ३३ रुपैयाँ दण्ड जरिवानामध्ये गत आर्थिक बर्ष चार करोड ६५ लाख ६५ हजार तीन सय २१ रुपैयाँ ८८ पैसा असुल भएको जिल्ला अदालत पर्वतका श्रेस्तेदार दयाराम पोखरेलले बताए ।
‘हरेक बर्ष जरिवाना थपिएपछि अर्कोबर्षका लागि ठुलो रकम सर्दै आएको थियो तर गत आर्थिक बर्षमा अदालत र प्रहरीको सक्रियता र कडाईले राम्रो प्रगति गर्न सक्यौ’ उनले भने । उनकाअनुसार चालु आर्थिक बर्षका लागि एक करोड ९६ लाख ५९ हजार दुई सय ११ रुपैयाँ ६२ पैसा जिम्मेबारी सरेको छ । ‘चालु आर्थिक बर्षमा यो सबै रकम असुल गर्ने लक्ष्य लिएका छौ’ उनले भने ।
कैद सजाय फस्र्यौटमा भने झण्डै २५ प्रतिशत मात्रै प्रगति देखिएको छ । अदालतले कैद सजाय तोकिएका ब्यक्तिहरु फरार रहदा बर्षेनी कैद सजाय बढ्दै गएको अदालतले जनाएको छ । गत आर्थिक बर्ष दुई सय ४२ बर्ष एक महिना २२ दिन कैद सजाय फस्र्यौट भएको छ । गत आर्थिक बर्षमा आठ सय ६६ बर्ष चार महिना १६ दिन कैद सजाय गर्नुपर्ने भएपनि चालु आर्थिक बर्षमा छ सय २४ बर्ष दुई महिना २४ दिन सरी आएको पोखरेलले जानकारी दिए ।
यसैगरी गत आर्थिक बर्षमा पर्वत अदालतले ८१ प्रतिशत मुद्दा फस्र्यौट गरेको छ । अदालतले आर्थिक बर्ष २०७३/०७४ मा दुई सय ५४ वटा मुद्दाको फैसला गरेको छ । गत आर्थिक बर्षमा दुई सय ५३ मुद्दा दर्ता भएका थिए भने आर्थिक बर्ष ०७२/०७३ को ५९ मुद्दा सरी आएका थिए । कुल तीन सय १२ मुद्दामध्ये ५८ मुद्दा चालु आर्थिक बर्षका लागि सरी आएको हो ।
फैसला भएका ब्यतिmबादि देबानीतर्फ एक सय १६, ब्यतिmबादी फौजदारीतर्फ एक सय १० वटा र सरकारबादी फौजदारी तर्फ २३ वटा रहेका छन् । गत आर्थिक बर्षमा कर्तव्य ज्यान, जवरजस्ती करणी, सार्वजनिक अपराध, ठगी, सम्बन्ध विच्छेद, कुटपिट लगायतका मुद्दा अदालतमा दर्ता भएका थिए ।
पर्वत अदालतले स्थानीय तहको निर्वाचनका कारण पनि मुद्दा फैसला तथा दण्ड जरिवाना असुलमा केही प्रभाव परेको जनाएको छ । ‘केही महिना निर्वाचनमा बढी ब्यस्त हुनुपर्दा दर्ता भएका मुद्दा फैसला तथा कार्यान्वयनमा केही प्रभाव परेको हो’ उनले भने ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

रेल रोकिएको रोकियै

अर्काको भलो गर्दा यसरी फसाउन खोजियो मल्ललाई

एमालेमा एकताको ढोका बन्द, विद्रोहको तयारी

इटहरीका मेयर चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुने

एमसीसीमा सभामुख नै अनिच्छुक, संसद्मा अघि नबढाउने संकेत




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000