पहिरोले प्रहरीको भ्यान पुरियो, २ जनाको मृत्यु, २ वेपत्ता

चितवन, असार ९ – मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोलामा पहिरोले प्रहरीको भ्यान पुरिँदा दुई जनाको मृत्यु भएको छ । अरु दुई प्रहरीहरु वेपत्ता छन् । सोही स्थानमा ना ५ ख ७८२७ नम्बरको ट्रकलाई पनि पहिराेले पुरेको छ । मुग्लिन–नारायणगढ सडकखण्ड गएराति ११ बजेदेखि नै पहिरोले अवरुद्ध छ ।

पहिरोले सडक बन्द भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी असईको नेतृत्वमा पहिरोको अवस्था बुझ्न कालीखोला आएको थियो । ट्रक समेत पुरेको ठूलो पहिरो झरेको रिपोर्टिङ गरेर प्रहरीहरु फर्किँदै थिए ।

सोही क्रममा माथिबाट झरेको पहिरोले ना १ झ ९३ नम्बरको भ्यानलाई पुरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले जानकारी दिए । भ्यानमा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक (असई) निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्के, सन्दीप कार्की र लीलबहादुर चेपाङ थिए ।

घटनास्थलबाट दुई जनाको शव निकालिएको छ । मृतकको सनाखत भएको छैन । अन्य दुईजनाको खोजी भइरहेको छ । पहिरो पन्छाउने र प्रहरीलाई खोज्ने काम सँगसँगै अघि बढाइएको चितवन प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000