अर्जुन जोशी बने पाँचथरको काँग्रेस कमाण्डर

पर्वत, असार ७–नेपाली काँग्रेसले दोस्रो चरणको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई बिजयी बनाउन केन्द्रीय सदस्य एवम् पर्वतका सांसद अर्जुनप्रसाद जोशीलाई पाँचथरको कमाण्डर बनाएर पठाएको छ ।
बरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले जोशीलाई पाँचथरको निर्वाचनको नेतृत्व गर्न महत्वपूर्ण जिम्मेबारी दिएर पठाएको हो । जोशीसँगै केन्द्रीय निर्वाचन परिचालन समितिले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणमा निर्वाचन हुने ३५ वटै जिल्लामा कमाण्डर तोकेर पठाएको छ ।
यस्तैगरी डा.रामशरण महत झापा, प्रकाशमान सिंह र जीवन परियार संखुवासभा, अर्जुननरसिंह केसी सुनसरी, बिमलेन्द्र निधि मोरङ, शंकर भण्डारी र महेन्द्र यादव रुपन्देही, धनराज गुरुङ र रामकृष्ण यादव कपिलबस्तु, गोबिन्द भट्टराई रुकुम, उदयशमशेर राणा रोल्पा, रोमी गौचन थकाली र रञ्जीत कर्ण नवलपरासी, सुरेन्द्र पाण्डे दाङ, हृदयराम थानी बाँके, चित्रलेखा यादव, उमाकान्त चौधरी र रेशमबहादुर बानियाँ बर्दिया, भीमसेनदास प्रधान ताप्लेजुङ,     श्यामकुमार घिमिरे इलाम, जगदीशश्वर नरसिंह केसी तेह्रथुम खटिएका छन् ।
त्यसैगरी बहादुरसिंह लामा तामाङ भोजपुर, मोहनबहादुर बस्नेत धनकुटा, यज्ञबहादुर थापा सोलुखुम्बु, राजेन्द्रकुमार केसी खोटाङ, प्रकाश शर्मा पौडेल ओखलढुंगा, तेजुलाल चौधरी उदयपुर, चन्द्रबहादुर कुँवर गुल्मी, धु्रव वाग्ले पाल्पा, कमला पन्त अर्घाखाची, रामचन्द्र पोखरेल, खड्गबहादुर बस्याल प्युठान, इन्द्र बानियाँ बाजुरा, मोहनप्रसाद बराल अछाम, प्रदीप पौडेल बझाङ, चन्द्र महर्जन डोटी, रत्न शेरचन कैलाली, गगनकुमार थापा दार्जुला, तप्तबहादुर बिष्ट बैतडी, शेषनाथ अधिकारी डडेलधुरा, र जीवनबहादुर शाही कञ्चनपुरमा कमाण्डर तोकिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000