यो कस्तो लापरबाही ? बजारमा अखाद्य बस्तु छ्यापछ्याप्ती

पर्वत २ असार । पर्वत सदरमुकाम कुश्माबजारमा म्याद नाघेका खाद्यबस्तुहरु छ्यापछ्याप्ती भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतले बिहीवार गरेको अनुगमनका क्रममा अखाद्य र म्याद गुज्रेका बस्तुहरु भेटिएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्वतका बजार अनुगमन तथा निरिक्षण एवम् सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालको नेतृत्वमा भएको अनुगमनमा व्यावसायीहरुको लापरवाहिका कारण म्याद नाघेका बस्तुहरु भेटिएका हुन् । सदरमुकामका झण्डै एक दर्जन थोक बिक्रेताको पसलमा गरिएको अनुगमनमा अधिकांस बस्तुहरु म्याद नाघेको पाइएको हो ।
खासगरी कोसेली र स्माईल खाने तेल, दालमोठ, चाउमिन, गोडागुडी, घ्यू, लगायतका बस्तुहरु अखाद्य भेटिएका हुन् । त्यसैगरी मसला, बेसार, चकलेट, मिठाई, बिस्कुटहरु पनि अखाद्य पाइएको छ । व्यावसायीहरुले घरको टाँसीमै सजाएर राखेका बस्तुहरु म्याद नाघेका र कुहिएका भेटिएको हो ।  म्याद नाघेका बस्तुहरुलाई अनुगमन टोलिले जफत गरेको छ । पहिलोपटकका लागि जफत गरेर सचेत बनाइएको र पुन अर्को अनुगमनमा समेत भेटिएमा उपभोक्ता ऐन बमोजिम आवश्यक कारवाहि गरिने सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले जानकारी दिए । चाडवाड समेत नजिकिदै जान थालेको र निर्वाचनका कारण लामो समय हुन नसकेको अनुगमन पहिलोपटक बिहीवारदेखि शुरु गरिएको हो ।
अब निरन्तर सदरमुकाम कुश्माबजार, फलेवास, हुवास, पातीचोर, वारीबेनी लगायतका मुख्य व्यापारिक केन्द्रमा अनुगमन गरिने ढकालले बताए । पहिलो चरणमा थोक बिक्रेताको अनुगमन गरिएको र अब खुद्रा, होटल, मासु, दुग्ध डायरी, औषधी पसल, एग्रोभेट, फेन्सी लगायतका प्रकृतिका व्यावसाय पनि क्रमश अनुगमन गरिदै जाने बताइएको छ ।  अनुगमन टोलीमा उपभोक्ता मञ्च,उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग विकास समिति, तथा सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । प्रशासनले निकै लामो समयपछि मात्रै बजार अनुगमन गरेको हो । जिल्ला प्रशासनले गोप्य रुपमा ब्यापारीलाई जानकारी नै नदिइकिनै अनुगमन पर्नेमा उद्योग बाणिज्य संघमार्फत सम्बन्धित ब्यापारीलाई सुचना दिएर मात्रै अनुगमन गर्ने गरेको छ । अनुगमन गर्दा त्यष्स्ता अखाद्यय बस्तु भेटिएपनि अहिलेसम्म कारबाही हुने गरेको छैन । राज्यका निकाय कारबाही नगरी मौन बस्दा अखाद्यय बस्तुको बिगबिगी बढेको हो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस केन्द्रीय सदस्य जोशीद्धारा स्वास्थ्य सामाग्री प्रदान

नेपाल फकाउँदै ओली

बिपि स्मृति भवनलाई काँग्रेस युवा नेता मल्लद्धारा ब्यक्तिगत पाँच लाख ५५ हजार

गाडीले किच्दा युवाको मृत्यु

पर्वत अस्पताललाई काँग्रेस नेता जोशीद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000