बिहे गर्न लिखित परीक्षा, केटी पास र केटा फेल भएपछि बिहे रद्द !

बिहे गर्न लिखित परीक्षा, केटी पास र केटा फेल भएपछि बिहे रद्द !

बिहेको कुरा टुंग्याउनुअघि  केटा तथा केटी पक्षले एक अर्कामा सवाल जवाफ गरी कुरा स्पष्ट गराई छिनोफानो गर्नु त स्वभाविकै हो । तर भारतमा भने बिहे गर्ने नगर्ने भन्ने कुरा टुंगाउनका लागि लिखित परीक्षा नै लिइएको छ ।

भारतको उत्तर प्रदेशस्थित मैनपुरीमा बिहेका लागि लिखित परीक्षा भएको छ । बिहे हुनुअघि हुनेवाला बेहुलाले हुनेवाली बेहुलीको लिखित परीक्षा लिएका हुन् ।

बिहेको कुरा गर्नका लागि केटा तथा केटी पक्षबीच एक मेलाका बेला चौरमा भेट भएको थियो । कुराकानीमा बिहे गर्ने निधो गरियो । केटाले केटीलाई मन पराए । तर अचानक केटाचाहीँले आफ्नो झोलाबाट एउटा डायरी तथा कलम निकाले र केटीको हातमा दिई केटीको परीक्षा लिन सुरु गरे ।सुरुमा केटीलाई उनको नाम, ठेगाना तथा फोन नम्बर लेख्न भने । त्यसपछि परीक्षा लिन थाले । विभिन्न जटिल शव्दहरु लेख्न लगाए । केटाले गरेका सबै सवालहरुको जवाफ केटीले सफलतापूर्वक लेख्न सकिन् । लिखित परीक्षामा पास भएसँगै केटाचाहीँ बिहेका गर्न पूर्णरुपमा राजी भए ।

तर कुरो चाहीँ गडबड भयो । आफ्नो यस्तो परीक्षा लिने केटाको तरिका केटीलाई मन परेन । उनले उक्त डायरी र कलम केटालाई दिइन् अनि उसैगरी केटाको पनि परीक्षा लिइन् । केटालाई परिश्रम, दृष्टिकोण तथा साम्प्रदायिक जस्ता जटिल शव्दहरु लेख्न लगाइन् । तर यी जटिल शव्दहरु केटाले शुद्धसँग लेख्न सकेनन् । हुनेवाला लोग्ने लिखित परीक्षामा फेल भएपछि केटीले उक्त केटासँग बिहे गर्न अस्विकार गरिन् ।

एजेन्सी

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

ललिता निवास जग्गा हिनामिना प्रकरण : सुवेदी दम्पतीको बयानबाट नयाँ तथ्य खुल्दै

प्रधानमन्त्री देउवाले भारतीय मोदीसँग उठाउलान् यी मुद्दा ?

नेपालमा बैंकिङ कसुरसम्बन्धी मुद्दा बढ्दै

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000