कथा – अन्त्यमा मैले छोडिदिंए उस्लाई

बिना तामाङ 'सुनगाभा'

लेख्न के नै बाँकी रह्यो र अब ? अन्तिम बिन्दु नै शुरुवातको गजबार बनेपछि ! तर हैन म अझै सानो एउटा छिद्र देख्दैछु जहाँबाट म यो सुन्दर संसार चियाउन सक्छु भलै म त्यो घामको न्यानो रापमा सेकिनबाट बञ्चित हुँला तर म त्यो उज्यालो हेर्न र महशुस गर्न सक्छु अध्याँरो बस्तीमा बसेर पनि । हो यहि प्रयाप्त हुनेछ किनकी एउटा शरीरको लागि तीन बित्ता जमिन भए पुग्छ पुरै ब्रहमाण्ड चाहिदैंन । यहि सिदान्तमा अडिएर जीवन निर्वाह गर्ने हो भने पक्कै पनि जीवनले आफ्नो सार भेट्नेछ हैन भने कुनै दिन म पनि सडक र गल्ली गल्ली घुमिहिड्नेछु ‘पागल’ को उपनाम भिरेर ।

त्यसो भए किन नलेख्ने ? लेख्छु । त्यसको लागि मात्र मन् हुनुपर्छ जुन मसंग पहिल्यै देखि छ । अब मनलाई फकाउने,खुसी बनाउने आफ्नै हातको बात को कुरा न हो । हो आज उहि मनलाई मैले निकै बेर थुम्थुम्याएर किरण सामू कठोर निर्णय सुनाएं ।

“किरण आजदेखि हामी कहिल्यै भेट्ने छैनौ । चाहेर नचाहेर मानिसको जीवनमा अनगिन्ती नरमाईला क्षणहरु आउँछन् । त्यिनीहरु मध्ये यो पनि एक हो भन्ने मैले सोचेकी छु । त्यसैले एउटा नमिठो सपना ठानेर बिर्सिदैंछु । हाम्रो यात्रा आज अहिले यहिसम्मको लागि रहेछ ।यहिबाट हाम्रो यात्रा अलग धारमा बहनेछ ।”

निलो आँखामा कस्तो परिवर्तन देखेथें मैले यसो भनिरहदाँ । सायद अनियन्त्रित भएर होला आँखाको डिलबाट पानी झर्दै थियो म आफै पनि धेरै बेर त्यहाँ अडिन नत्र मैले भन्दैमा रोक्न सक्थें र गालामा आँशु पोतिनबाट ।

एकैछिन त यो मन्ले मलाई कस्तो विचलित गरायो । फर्किएर त्यो आँशुपुछिदे भन्दै थियो । टक्क अडिएकी पनि हुँ त्यो रेस्टुराँको ढोकामा पुग्दा । एकैछिन् मेरो मन र मेरो विचारको पौठेंजोरी नै पर्‍यो । कति कष्ट भएथ्यो ” कसैको जीवन तहस नहस पार्न हुन्न तैंले। जे गरिस ठिकै गरिस् ।” भनेर मन्लाई थुम्थुम्याउन । निकै बेर अटेर गरिरहेथ्यो । तर मेरो मन् हो मैले मनाईछाडें ।

यसो गरिरहदाँ म आफ्नै हातले आफ्नै जीवनको चितामा दागवत्ती दिदैंथिए । म यति कठोर भएथें त्यतिखेर सायदै हुँला भावी दिनहरुमा त्यस्तो कठोर अनि निर्दयी ।
हुन त त्यो कठोरताभित्र एउटा कोमल फूल सुरक्षित थियो । त्यो त कि मलाई मात्र थाहा थियो कि भगवानलाई । यद्यपी म आफै भने त्यो कठोरताले च्यातिएकी थिएं, धुजा धुजा भएकी थिएं ।

साँच्चै कसरी सकें भन्न यी सब जब कि म किरणलाई पछिल्लो ३ वर्ष देखि अगाध प्रेम गर्दै आईरहेकी थिएं । अनवरत मायाका रङगहरु छर्दै आएकी थिएं ।
कसरी झिकें सर्लक्कै जसलाई आँखाभरि सजाएकी थिएं, मुटुभरि पोतेकी थिएं ।

आह ! लाग्छ अकल्पनिय दुर्घटनामा म परिछु । आन्तरिक दुर्घटना जसको प्रत्यक्षदर्शी सिर्फ म थिएं । अनि घाईते पनि म नै ।दुर्घटित मन भए पनि मैले सहनु छ सबै चोट ,बेहर्नुछ सबै घटना अनि भर्ताल गर्नुछ जीवनको यो अंश।

सब सब भोग्नुछ गर्नुछ मात्र मात्र म जस्तै एउटा नारी हृदयलाई टुक्रिन,भाँचिनबाट जोगाउन । हो यहिनेर बेस्सरी दुख्छ मन् । रग्ताम्य हुन्छ कि अन्जानमै मैले कुनै कोमल मनलाई आघात पुर्‍याएं । कसैलाई यति धेरै दुखाईछु । त्यतिखेर मैले सावधनी पुर्वक शब्दहरुको मल्हम नलगाईदेको भए आज यतिखेर म हत्यारामा परिणत भैसक्थें । आधा मार्नु भनेको पुर्ण मृत्यु हो भन्ने सोच्छु अझ त्यो पनि भावनात्मक रुपमा हो भने त १०० प्रतिशत नै ।

मैले त्यो अर्ध मृत्यु हुनबाट कसैलाई जोगाएं । आफू क्षत विक्षत हुदैँ गए पनि कसैकोमा पालुवा लगाउँदै गएं र त यति धेरै पीडाभित्र पनि म आनन्द महशुस गर्दैछु । मेरो कारण भत्किएको मनमा छानो लगाएकी छु । सही सलामत राखिदिएं उसको राज्य जहाँबाट उनि झन्डै झन्डै विस्थापित भैसकेकी थिइन् । हो उनि किरणको राजमहलकी ऐश्वर्या थिइन् जसलाई किरणले वर्षौं अघि विवाहमण्डपमा सात फेरो लगाएर, आफ्नै हातले सिन्दुर भरेर, संगैबाँच्ने संगै मर्ने कसम् खाएर पुरै समाजलाई साक्षी राखेर भित्र्याएको थियो ।

मलाई अहिले पनि बडो उदेक लाग्छ मैले कसरी त्यो सुकोमल मनलाई चोट पुर्याएं ? जो म जस्तै नारी हृदयकी थिइन् ।

वास्तवमा त्यो दिन मैले रुकुलाई बसपार्कमा नभेटेकी भएं अझै पनि दुखाईरहन्थें होला । निकै लामो प्रतिक्षा पश्चात उनले त्यस दिन मलाई फेला पारेकी रहिछिन् । मलाई भेट्ने बितिक्कै उनले भनेकी थिइन् ” हजुर नै हो शालिनी ? मैले कति दिन भो हजुरलाई भेट्न खोजेकी । मेरो कुरालाई अन्यथा नलिदिनुहोला । म किरणको पत्नी हुँ । एक महिना भो काठमाण्डौं आएकी । अहिले म उहाँसंगै यहि बस्दै आएकी छु । मलाई थाहा छ हजुर किरणसंग प्रेम गर्नुहुन्छ र किरण पनि हजुरलाई माया गर्नुहुन्छ । यसैको कारण होला किरण मलाई रुचाउनुहुन्न। मेरो छाँया पनि मन् पराउनुहुन्न । त्यसो हो भने म कहाँ जाउँ ? उहाँले त ३ वर्ष भैसक्यो मलाई गाउँमै छाडेर आउनुभएको तर यसपाली घरका सबैले संगै बस्न सल्लाह दिएपछि आएकी हुँ । यहाँ आएपछि थाहा भयो उहाँ हजुरलाई मन् पराउनुहुन्छ । मलाई हेर्नुस् त । मेरो निरश जीवन हेर्नुस त । के मेरो संसार यहि हो ? यसैमा म बाँचु या मरुँ ? निर्णय तपाँई दिनुस ।” म अवाक भएथें त्यस दिन त्यसै क्षण जतिखेर मैले प्रेम गरेको किरण भन्ने व्यक्ती विवाहित हो भन्ने जान्दैथिएं । आफू उभिएको धरातल भासिएझै लागेको थियो । म म नभएर कुनै जडवत मुर्ती भएकी थिएं। टाउको भननन भएको थियो। झण्डै पुरै ब्रम्हाण्ड घुमिरहेझै लागिरहेथ्यो ।

केहि बेर पछि मैले आफूलाई सम्हाले, सम्हालिनु आवश्यक पनि थियो र भनें “सायद मैले दुखाएं । तपाँई जानुस । अब उपरान्त तपाँईले मसंग यस्तो गुनासो गर्नुपर्ने अवस्था आउनेछैन ।”

यति भनेर म हिडें । मलाई अरु केहि भन्नु थिएन । केहि सोच्नु थिएन । मात्र एउटा निर्णय गर्नु थियो । मात्र एउटा निर्णय ।

हुन त यहाँ धेरै यस्ता नारीहरु पनि देखेकी छु जो कुनै पुरुषको निर्देशनमा नाच्दै आफू जस्तै अर्को नारी माथि अन्याय गर्न पुग्छन् ।आफ्नो ओठमा खुसी भर्न अरुको मुस्कान खोस्छन् । आफ्नो जीवन भरिभराउ पार्न अरुको जीवन रित्तो बनाउँछन् । यस्तोमा मलाई मात्रै किन आदर्शवान नारी बन्न परेको होला ? जस्तो पनि लाग्छ घरि घरि । म पनि त त्यसै गरि आफ्नो खुसी भर्न सक्छु ,अरुको जीवन उजाड्न सक्छु । तर जब म आत्म मूल्याङ्कन् गर्छु

तब लाग्छ वास्तवमै उनि पनि म जस्तै नारी हुन् । उसंग पनि मन् छ ,उमङ्ग छ, आफूलाई कसैले आघात पार्दा दुख्छ भने पक्कै पनि उसलाई पनि दुख्छ ।हामी नारीले नारी पीडा बोध नगरे कसले गर्छ ? पक्कै पनि कुनै पुरुषले गर्दैन । यदि गर्दो हो त किरणले “म अविवाहित हुँ ।” भनेर किन ढाँट्थ्यो ? किन मलाई आजसम्म भ्रममा राख्ने दुश्प्रयास गर्थ्यो ? उनिहरु त नारीलाई कुनै सुगन्धित फूल झै टिप्छन्, सुँघ्छन् अनि फाल्छन् । यस अर्थमा मैले यो निर्णय गरें कि त्यो पुरुषवादी सोचले ग्रस्त मान्छे जस्ले आफ्नो श्रीमती र मलाई उहि सुगन्धित फूल झै टिप्न,सुँघ्न र फाल्न खोज्यो आज उसैलाई म फाल्छु, कुल्चिन्छु र रौंदछु मेरो पैताला मुनि । हो यहि विचारको पहाड बोकेर म ढुङ्गा जस्ती भएर किरणलाई भर्खरै भेटेर आफ्नो कठोर निर्णय सुनाएर आएकी छु । हठात मन् लिएर किरण म निस्केको ढोकातिर हेरेर अपमान बोध गर्दै थियो सायद जीवनमा पहिलोपटक सजाय भोग्दै थियो ।
सुनगाभाको नेपाली कथा संग्रह निर्णय बाट

सम्बन्धित समाचार

छानिए ११ जना उत्कृष्ट कविहरु

सिड्नी । लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानको छैटौं बार्षिकउत्सवको अवसरमा गरिएको साहित्यीक महोत्सवबाट ११ जना उत्कृष्ट कविहरु छानिएका छन् । अभियानको…

देवकोटाको ‘चम्पा’उपन्यास हिन्दीमा आउने

नेपाल प्रज्ञा–प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘चम्पा’उपन्यासलाई हिन्दी भाषामा अनुवाद गरी प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठान साहित्य (अनुवाद) विभाग प्रमुख…

धरणीधर पुरस्कार जयबहादुरलाई

नेपाली भाषा एवम् साहित्यको उत्थानका लागि विगत तीन दशकदेखि सक्रिय धरणीधर पुरस्कार प्रतिष्ठानले २०७१ सालको धरणीधर पुरस्कारबाट कवि जयबहादुर राई…

दबाबमूलक कविता ‘संविधान बनाऊ’

साहित्य सन्ध्याको ३४३ औँ कार्यक्रमअन्तर्गत शनिबारको कविगोष्ठीमा कविहरुले ‘संविधान बनाऊ’ भन्ने दबाबमूलक कविता पाठ गरे । गोष्ठीमा रामप्रसाद प्रदीप, पूर्ण…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

काँग्रेस नेता मल्ल र कुँवरबाट बिद्यालयलाई सहयोग

‘पार्टीको आन्तरिक चुनावमा प्रतिस्पर्धा गर्नोस तर आम चुनावमा रूख हेरेर भोट हाल्नोस’- काँग्रेस नेता जोशी

अध्यक्ष मल्लको पहलमा जलजलामा भित्रियो करोडौ बजेट

शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन जलजलाले बाड्यो कम्प्युटर र ल्यापटप

जलजलाका उद्यमीका लागि आयोजित उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000